‘युवाको स्वतःस्फुर्त आन्दोलन हो, साझा पार्टीको होइन’

प्रकाशित मिति:

बुटवल, ३१ जेठ । स्वतन्त्र युवाहरुको समूहले शुक्रबार बुटवलमा गरेको सरकारविरुद्धको प्रदर्शनलाई साझा पार्टीले आफ्नो आयोजनामा भएको कार्यक्रम जस्तो गरी भ्रम छर्न खोजेको भन्दै युवाहरुले आपत्ति जनाएका छन् ।

युवाहरुको स्वतन्त्र समूहले सरकारले गरेको १० अर्ब रुपैयां खर्चको हिसाब, शत प्रतिशत पिसिआर परिक्षण गर्नुपर्ने लगायतका माग राख्दै कुनै पार्टीको झण्डा विना राष्ट्रिय झण्डा मात्र लिएर सडकमा उत्रिएको अवस्थामा साझा पार्टीले आफ्नो पार्टीले आन्दोलन गरेको भन्दै विज्ञप्ति निकालेर भ्रम छरेको युवाहरुको भनाई छ । प्रदर्शनमा युवाहरुको अगुवाई गर्दै सहभागी युवा आलोक भट्टराईले स्वतन्त्र युवाको आन्दोलनमा साझा पार्टिले प्रेस बिज्ञप्ति निकाल्नु आपत्तिजनक भएको बताए । युवाहरुले स्वेच्छाले कुनै दलको झण्डा नबोकी गरेको आन्दोलनलाई साझा पार्टीले आफ्नो पार्टीको भनेर जस लिन खोज्नु नाजायज भएको बताए ।