वनमै जडिवुटी उत्पादन गरी समृद्ध नेपालको लक्ष्य पूरा हुने : प्रदेश मन्त्रि गिरी

प्रकाशित मिति:

मनिष गुप्ता  \कपिलवस्तु

वनलाई कृषि क्षेत्र संग जोडेर आय आर्जनको माध्यम बनाउनु पर्ने प्रदेश न ५ का उद्योग ,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले जोड दिएका छन। वन जन्य जडीबुटीहरुको उत्पादनलाई प्राथमिकता दिएर वन सम्बर्द्धन र संरक्षणमा ध्यान दिनु पर्ने भन्दै डिभिजन वन कार्यालय कपिलवस्तु ९गौतम बुद्ध० को उद्घाटन गर्दै उहाँले बताउनु भएको हो । नेपाल सरकारको निर्णय बमोजिम प्रदेश मन्त्रालयको मातहतमा रहने गरि कपिलवस्तु जिल्लामा २ वटा डिभिजन कार्यालय हुने व्यवस्था अनुरुप बिहिबार गौतम बुद्ध डिभिजन कार्यालय चन्द्रौटाको उदघाटन मन्त्रि गिरी द्वारा गरिएको हो ।

कार्यलयको उद्धघाटन गर्दै मन्त्री गिरीले वन कार्यलयको वन काट्ने र बेच्ने मात्र काम नभई अब वनमै जडिवुटीहरु उत्पादन गरी समृद्ध नेपालको लक्ष्य पूरा हुनु बताउनु भएको । संघिय सरकारले वनलाई प्रदेशको मातहतमा हुने गरि जिम्मा दिएको जनाउदै बैज्ञानिक वन व्यवस्थापन गर्दा पुराना तथा समय अवधि सकिएका रुखहरु लाई विस्तापित गरि नयाँ बिरुवाहरु रोपेर हराभरा बनाउन प्रदेशकै १२ वटा जिल्लामा काम भइरहेको बताउनु भयो । सिमसार क्षेत्र भनेर चिनिने कपिलवस्तुमा ताल तलौया तथा खोला(नालाहरु धेरै भएका हुदाँ बाढी कटानीको कारणले वर्षेनी वन मासिएको बताउनु भयो ।मन्त्रि गिरीले जिल्लाको चन्द्रौटामा रहेको सो डिभिजन कार्यालय बाट आम नागरिकले सहज ढङ्गबाट सेवा लिन सक्ने विश्वास व्यक्त गर्नु भयो । वन कार्यालय र आम जनता मिलेर काम गरेमा मात्र बन संरक्षण र सरकारको योजना पुरा हुनुमा उहाँले जोड दिनु भयो । चन्द्रौटामा डिभिजन कार्यालयको लागि भौतिक पुर्वधार कम रहेको बताउदै भौतिक संरचना निमार्णको लागी प्रदेश तहबाट सहयोग गर्ने आश्वासन समेत मन्त्री गिरीले दिनु भयो ।कार्यक्रममा बोल्दै प्रदेश सांसद दिर्घनारायण पाण्डेले सर्वसुलभ सेवा दिने उद्देश्यले एउटा जिल्लामा दुई वटा डिभिजन कार्यालय स्थापना गरेको बताउनु भयो । वनमा काठ तस्करहरु सलवलाई रहेको भन्दै काठ तस्करी र वन अतिक्रमणलाई कम गर्न जनचेतना र कानुन निमार्ण गर्न आवश्यक रहेको समेत उल्लेख गर्नु भयो । सांसद पाण्डेले वैज्ञानिक वन व्यवस्थापनले वनमा हरियाली र संरक्षण देखिएकोले यसमा सबैले सहयोग गर्न आवश्यक रहेको बताउनु भयो ।शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले वनको विषयमा विभिन्न कानुनहरु बाझिएकोले ति कानुन पुर्ण बनाएर सबै मिलेर वन संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । काठ तस्करी र वन अतिक्रमण अत्याधिक भएकोले यसलाई रोकथाम गर्न सकेमा मात्र वन व्यवस्थापन हुने चौधरीले जिकीर गर्नु भयो । अब जिल्ला वन कार्यालयबाट हुने सम्पूर्ण कामहरु डिभिजन वन कार्यालय कपिलवस्तु ९गौतम बुद्ध चन्द्रौटाबाटै हुने कार्यालय प्रमुख दुर्गा कार्कीले बताउनु भयो ।