पर्वतको कुश्मामा पहिरो जाँदा तीन जनाको मृत्यु, ६ बेपत्ता

३२ जेष्ठ २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं / पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । ६ जना बेपत्ता छन् ।गएराति ९ बजे भएको घटनामा दुई वटा घर पुरिँदा तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख विश्वराज अधिकारीले बताएअनुसार मृत्यु हुनेमा तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापा छन् ।बेपत्तामा हुनेमा चार जना ९ देखि १६ वर्ष उमेर समूहका छन् । दुई जना अन्दाजी २८र२९ र ३२र३३ वर्षका व्यक्ति भएको अधिकारीले बताए ।उनका अनुसार बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।पहिरो गएको क्षेत्रमा शनिबार भारी वर्षा भएको प्रहरीको भनाइ छ ।अनलाइनखबर

फेसबुकबाट तपाईको प्रतिक्रिया