समातिएका विदेशीलाई अध्यागमन ऐन अनुसार कारबाही हुने

काठमाडौं / कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकारले लापरबाही गरेको बताउँदै भएको प्रदर्शनस्थलबाट पक्राउ परेका ६ जना विदेशी नागरिकलाई कारबाही हुने भएको छ ।एक जनाको भने संलग्नता नदेखिएपछि छाडिएको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले भने, ‘६ जनालाई अध्यागमन ऐनअनुसार कारबाही हुन्छ । अर्का व्यक्ति चाहिँ अरु नै कारणले त्यहाँ गएको देखिएपछि छाडेका हौं ।
’प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेलगत्तै भृकुटीमण्डपस्थित नगर प्रहरीको कार्यालयमा लगेर राखेको थियो । साँझ स्क्रीनिङ गरेर अध्यागमन विभागमा बुझाइएको प्रहरीको भनाइ छ ।युवाले स्वतः स्फूर्त रुपमा निकालेको आन्दोलनमा घुसपैठ भएको प्रहरी दाबी छ । तर, यसलाई प्रदर्शनकारीहरुले भने अस्वीकार गर्दै आएका छन् ।अनलाइनखबर
फेसबुकबाट तपाईको प्रतिक्रिया