कार दुर्घटनामा परि प्रतापपुर गाउँपालिका अध्यक्ष शर्माको निधन

प्रकाशित मिति:
प्रकाश न्यौपाने नवलपरासी  । जेष्ठ ३२ पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राकुमार शर्मा सवार कार दुर्घटनामा परेको छ । दुर्घटनामा परि गाउँपालिका अध्यक्ष शर्माको निधन भएको छ । गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा उनी सवार गाउँपालिकाको लु १ झ ३७० नम्बरको स्कारर्पियो बर्दघाट मा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा घाईते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएको उपचारमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपराका प्रहरी उपरिक्षक अजय केशीले बताउनुभएको छ । शर्मा संगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाईते भएका छन् । उनी खतरामुक्त रहेको बताईएको छ । कार बर्दघाटको लक्ष्मीनगर पुल देखि तल खोलामा खसेको हो । अध्यक्ष शर्मा जिल्ला विपद ब्यबस्थापन समितिको बैठकमा सहभागिता जनाउन परासी जादैहुनुहुन्थ्यो । शर्माको शवलाई पोष्ट मार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको छ ।