बाहुबलीकी अभिनेत्री राम्या प्रहरी फन्दामा

प्रकाशित मिति:

साउथ फिल्मकी चर्चित अभिनेत्री राम्या कृष्णनन प्रहरीको फन्दामा परेकी छिन् । उनको कारमा रक्सीका बोतल भेटिएपछि चेन्नई प्रहरीले उनी र ड्राइभरलाई हिरासतमा लिएको बताइएको छ । यसबारे भने अभिनेत्री राम्या कृष्णननले कुनै प्रतिक्रिया जनाएकी छैनिन् ।

उनको कारबाट १ सय ४ वटा रक्सीको बोतल जफत गरिएको जनाइएको छ । ड्राइभरलाई प्रहरीले कनाथुर पुलिस स्टेशन पुर्याए, पछि उनले जमानत पाए ।खबरका अनुसार मिडियाका अनुसार हिरासतमा रहेका ड्राइभरलाई राम्याले नै बाहिर निकालेको बताइएको छ ।

उनी आफ्नी बहिनी र ड्राइभरसँगै ममलापुरमबाट चेन्नईको यात्रामा निस्कदा चेन्नई प्रहरीले चेकपोस्टमा उनको कार रोकेर चेक गरेको थियो । उनले लकडाउनको नियम उल्लंघन गरेको पनि बताइएको छ ।खबरहब बाट