कक्षा ११ को परीक्षा पनि परिक्षा नलिन माग गर्दै नेविसंघले शिक्षा मन्त्रीलाई ज्ञापनपत्र बुझायो

प्रकाशित मिति:

३२ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघले कक्षा ११ को परीक्षा पनि नलिन सरकारसँग माग गरेको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुजाउँदै नेविसंघले ११ को परीक्षा पनि एसईईको जस्तै आन्तरिक मूल्याङ्कन पद्दतिमार्फत टुङ्ग्याउन माग गरेको हो । कक्षा १२ को परीक्षा भने कोरोना महामारीको जोखिम कम भएपछि नजिकको विद्यालयले निरीक्षण गर्ने गरी होमसेन्टरबाटै लिनु पर्ने नेविसंघको माग छ ।

कक्षा १२ को परीक्षालाई भने राष्ट्रिय परीक्षाको मान्यता दिनु पर्ने माग गरिएको नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए ।नेविसंघले महामारीकै बीचमा नयाँ शैक्षिकसत्र सुरु गर्नु पर्ने अवस्थामा विद्यार्थीको सिकाइका लागि अनलाइन,रेडियो, टिभी, पत्रपत्रिकालगायतको माध्यमबाट पठनपाठन सुरु गर्नु पर्ने र इन्टरनेटलगायत सबै प्रविधिको निस्शुल्क व्यवस्थापन गर्न माग गरेको छ । हालै सरकारले ल्याएको आर्थिक वर्ष ०७७र०७८ को बजेटमा दिवा खाजा कायर्यक्रम, छात्रालाई सेनेटरी प्याड वितरण र छात्रवृत्ति कार्यक्रममा न्युन बजेट विनियोजन भएकोल आवश्यक व्यवस्था गर्न पनि माग गरेको छ ।