चीनमा ग्यास ट्यांकर विस्फोट हुँदा १८ जनाको मृत्यु, एक सय ८९ घाइते

प्रकाशित मिति:

बेइजिङ, जेठ ३२ : चीनको एक राजमार्गमा ग्यास बोकेको ट्यांकर विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ। देशको दक्षिणपूर्वी क्षेत्रमा भएको सो घटनामा अन्य एक सय ८९ जना घाइते भएका छन्। एउटा भवनमा ट्यांकर र ट्रक ठोकिएपछि विस्फोटन भएको अधिकारीहरुले जनाएका छन्।

स्थानीय समय अनुसार शनिबार बेलुका ४।४५ बजे घटना भएको र विस्फोटनपछि आगलागी भएको थियो।चिनियाँ समाचार संस्था सिन्ह्वाले दिएको जानकारी अनुसार छेझिङ प्रान्त अन्तर्गत पर्ने संघाईको शेन्याङ- हाइकोउ राजमार्ग दुर्घटना भएको हो। दुर्घटनामा परी घाइते भएकाहरु सबैलाई उपचारका लागि ६ ओटा अस्पतालमा भर्ना गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।@kathamandupress