१ खर्ब ७५ अर्ब रूपैयाँ आन्तरिक ऋण राष्ट्र बैंकले उठायो

प्रकाशित मिति:

काठमाडौं  ३२ जेठ,  । चालु आर्थिक वर्ष २०७६÷७७ मा उठाउनु पर्ने आन्तरिक ऋणमध्ये १ खर्ब ७५ रुपैयाँ नेपाल राष्ट्र बैङ्कले उठाएको छ ।ट्रेजरी विल तथा विकास ऋणपत्रमार्फत राष्ट्र जेठ मसान्तसम्म एक् खर्ब ७५ अर्ब आन्तरिक ऋण उठाएको हो । ट्रेजरीमार्फत ७५ अर्ब रुपैयाँ र विकास ऋण पत्र एक खर्ब रुपैयाँ उठेको राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले जानकारी दिए ।सरकारले चालु आर्थिक वर्षको बजेटमा एक खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट जुटाउने बताएको थियो । यद्यपि, यसलाईै पछि संशोधन गरेर १९३ अर्ब बनाएको छ ।

आन्तरिक ऋण उठाउनका लागि राष्ट्र बैंकले कार्यतालिका नै बनाएको छ । कार्यतालिका अनुसार नै राष्ट्र बैंकले आन्तरिक ऋण उठाइरहेको छ ।अब उठाउनु पर्ने करिब १८ अर्ब रुपैयाँ मध्ये १५ अर्ब रुपैयाँ ट्रेजरी विलमार्फत उठाउने प्रवक्ता भट्टले बताए ।बाँकी रकम भने नागरिक बचतबाट उठाउने राष्ट्र बैंकले बताएको छ । कुल आन्तरिक ऋणमध्ये ४६।१५ प्रतिशत ट्रेजरी बिलबाट, ५१।२८ प्रतिशत विकास ऋणपत्रबाट, २।०५ प्रतिशत नागरिक बचत पत्रमार्फत र बाँकी ०।५१ प्रतिशत वैदेशिक रोजगार बचत पत्रमार्फत उठाउने राष्ट्र बैङ्कले कार्यतालिकामा उल्लेख गरेको छ ।