अभिनेता सुशान्त सिंहले गरे आत्महत्या

३२ जेष्ठ २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


३२ जेठ, काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । बान्द्रास्थित आफ्नै घरमा उनको शव भेटिएको छ । आत्महत्याको पुष्टि प्रहरीले गरिसके पनि कारण खुलेको छैन ।

बीबीसीका अननुसार बान्द्रा प्रहरी स्टेशनमा सुशान्तको घरमा काम गर्ने व्यक्तिले घटनाको जानकारी दिएका थिए । टेलिभिजनबाट आफ्नो करिअर सुरु गरेका सुशान्त अहिले बलिउडका चर्चित नायक थिए । उनले एमएस धोनीः द अनटोल्ड स्टोरीबाट चर्चा पाएका थिए ।

सुशान्तकी पूर्व म्यानेजर दिशा सालीयानले गत साता आत्महत्या गरेकी थिइन् । यो खबर ट्विट गर्दै शुसान्तले आफू स्तब्ध बनेको बताएका थिए ।३४ वर्षिय सुशान्तले सन् २०१४ मा ‘काइ पो चे’ चलचित्रबाट बलिउडमा डेब्यू गरेका हुन् । उनले ‘पीके’, ‘केदारनाथ’, ‘शुद्ध देशी रोमान्स’, ‘छिचोरे’ जस्ता सफल चलचित्रमा काम गरेका छन् । जिटीभीको सिरियल ‘पवित्र रिस्ता’ बाट सुशान्तको करिअर सुरु भएको थियो । उनी अविवाहित थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया