पार्टी नेतृत्वको षडयन्त्रले महाधिवेशन अनिश्चित बन्यो, सहमति अनुसार नभए दुई ओटा तदर्थ समिति बन्छन् : भण्डारी

प्रकाशित मिति:

अन्ततः नेपाल बिद्यार्थी संघको १२ औं अधिवेशनको निर्धारित मिति कात्तिक १६ मा पनि हुन नसक्ने देखिएसँगै फेरी अनिश्चित बनेको छ । देशकै गौरवशाली इतिहास बोकेको र परिवर्तनको संवाहक बनेको पार्टी नेपाली काँग्रेसको भातृ संस्था नेपाल बिद्यार्थी संघका हरेक महाधिवेशनहरु बिवाद रहित हुन सकेका छैनन् । त्यसको मुल कारण पार्टीको अस्वाभाविक हस्ताक्षेप नै प्रमुख कारण रहेको बिश्लेषण हुने गरेको छ । निर्धारित समयमै नेपाल बिद्यार्थी संघको चुनावको सुनिश्चितता गर्नुपर्छ भन्ने अभियान चलाएका मध्यका एक नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य साथै १२ औं महाधिवेशनमा आफुलाई अध्यक्षको उमेद्धारको तयारीमा रहेका बिद्यार्थी नेता मोतिलाल भण्डारीसँग अनिश्चित बनेको नेपाल बिद्यार्थी संघको महाधिवेशनको सन्दर्भमा रहेर कार्यकारी सम्पादक प्रेम पुन्थोकीले कुराकानी गरेकाछन्  :

 

अधिवेशनबाट आफ्ना मान्छे नआउने देखे पछि पछिल्लो समय पार्टी सभापतिले पार्टीका बिभिन्न भातृ संगठनमा आफ्नो पक्षबाट नेतृत्व गुमाउँदै गए पछि अहिले नेपाल बिद्यार्थी संघ माथि यो प्रहार गरिएको छ । यसका बिरुद्ध र बिना सहमति गठन गरिने तदर्थ समिति ल्याउने प्रयत्नका बिरुद्ध हामी अनसन सम्मका कार्यक्रम सहित आन्दोलन गर्छौं ।

 कात्तिक १६ मा तय गरिएको नेपाल बिद्यार्थी संघको महाधिवेशन फेरी अनिश्चित भयो नि ?

महाधिवेशन नगर्ने षडयन्त्रका का साथ सभापति शेर बहादुर देउवाले नेपाल बिद्यार्थी संघको बास्तविक धरातल नबुझेरै एकाएक जुन निर्णय गरेको छ जुन लोकतन्त्रको हित बिपरित हुन्छ र पार्टीलाई कदापी बल पुग्दैन । यसमा हाम्रो प्रश्न के छ भने पार्टीको लागि दुश्मन नेपाल बिद्यार्थी संघ हो की कम्युनिष्ट हो ? कम्युनिष्ट र अतिवादका बिरुद्ध आवाज उठाउन नसक्ने आफ्नै पार्टीमा रगत र पसिना बगाएका युवाहरुलाई डण्डा लगाएर पाखा लगाउने यो प्रवृत्तिले पार्टीलाई अगाडि बढ्न दिँदैन । यसरी हामी माथी भएको हस्ताक्षेपको बदला आगामी पार्टीको महाधिवेसनमा लिन्छौं ।

 दोष पार्टी सभापतिलाई लगाउनु हुन्छ , आफुहरु नै उमेरहदलाई लिएर बाझ्नुहुन्छ ।

उमेर हदका बिषयमा कुनै पनि छलफल भएको छैन । केन्द्रिय समितिमा बरिष्ठ नेता रामचन्द्र पौडेल,कृष्ण प्रसाद सिटौला, अर्जुन नरसिंह केसी, प्रकाशमान सिंह लगायतका काँग्रेसको आधा हिस्साको असहमतिका बिचमा यसलाई वृहत छलफल र धरातल नबुझेरै गरिएको निर्णय भनेर बिरोध गरिदैं आएका छौं । नेतृत्वमा पुगिसके पछि कसैलाई काखा र कसैलाई पाखा गर्ने प्रवृत्तिले पार्टी अगाडि बढ्न सक्दैन । यसका पनि उपायहरु थिए, अधिवेशनबाट नेतृत्व टुंग्याउँ भन्ने थियो । अर्को कुरा उमेर हदमा हाम्रो आपत्ति हैन , यहाँ त यिनै कुराहरुलाई देखाएर अधिवेशन नगर्ने प्रवृत्ति अगाडि सारिएको छ त्योसँग हाम्रो सरोकार हो । अधिवेशनको शर्तमा हामीले मानौं उमेर हदलाई पनि स्विकार्यौं तर खै त महाधिवेशन ? हाम्रो प्रश्न यहाँ नेर छ ।

 स्थिति त झनै गंभिर बन्यो ,समिति नै बिघटनको अवस्थामा पुगि सक्यो , अधिवेशनको अवस्था के हुन्छ ?

आगामी मंसिर २ गते पश्चात यो समिति स्वत ः भंग भनिएको छ , हामी बिधानका कुरा गर्छौं त्यस पश्चात त यो समिति नैतिक रुपमा पनि बस्न मिल्दैन । हामीले त अघि देखी नै महाधिवेशन गर्नुपर्छ भनेक थियौं तर त्यसको सुनुवाई भएन, उमेरको कारण देखाएर हामीलाई बिरोधी देखाउने र आफुले अधिवेशन नगर्ने र तदर्थ समिति ल्याउनको लागि यो षडयन्त्र गरिएको हो । प्रकाश शरण महतले रातारात जुन नेपाल बिद्यार्थी संघले पारित गरेको बिधानलाई लत्याएर आफुखुसी र आफुले बनाएको बिधान पार्टी केन्द्रिय समितिमा अध्ययन नै गर्ने मौका नदिएर आफ्नो एकतर्फी ढंगबाट जुन प्रस्ताव पारित गरिएको छ, यस प्रति हाम्रो आपत्ति छ र अझै पनि संभावना रहँदा सम्म हामी अधिवेशनकै कुरा गर्छौं तर बास्तविक भन्ने हो भने यिनीहरु अधिवेशनको पक्षमा छैनन् । यो षडयन्त्र त हुँदै हो त्यस माथि समर्ग लोकतन्त्र माथिको प्रहार को रुपमा हामीले लिएका छौं ।

 अधिवेशन गर्ने नगर्ने दोष नेतृत्वलाई दिनुहुन्छ , क्याम्पस, जिल्ला , क्षेत्र, प्रदेश समितिहरु प्रति कसैको चासै छैन , यस्तो पनि संगठन हुन्छ ?
महाधिवेशन भनेको तल्ला तहमा नगरेरै माथि हुन सक्दैन । अब स्ववियू चुनाव हुँदै छ यसलाई लक्षित गरेर हाम्रो कत्ति पनि तयारी छैन । स्वतन्त्र बिद्यार्थीै यूनियनको चुनावमा जुन मिलेको दुई तिहाई कम्युनिष्टसँग को अनेरास्वयिू छ त्यसलाई परास्त गर्नको लागि शैक्षिक, राजनैतिक र सबै हिसावले बर्गिय आन्दोलनका बिषयलाई शसक्त ढंगबाट उठाउनुपथ्र्यो त्यहाँ नेर पनि नेपाल बिद्यार्थी संघ चुकेको छ । यि बिषयमा हामीले बारम्बार आवाज उठाएका छौं । क्याम्पस र जिल्लालाई संघिय संरचनामा आधारित रहेर गाउँ तह देखी अधिवेशन गरौं भनेका थियौं यो कुरालाई सुनिएन । किनभने अधिवेशनबाट आफ्ना मान्छे नआउने देखे पछि पछिल्लो समय पार्टी सभापतिले पार्टीका बिभिन्न भातृ संगठनमा आफ्नो पक्षबाट नेतृत्व गुमाउँदै गए पछि अहिले नेपाल बिद्यार्थी संघ माथि यो प्रहार गरिएको छ । यसका बिरुद्ध र बिना सहमति गठन गरिने तदर्थ समिति ल्याउने प्रयत्नका बिरुद्ध हामी अनसन सम्मका कार्यक्रम सहित आन्दोलन गर्छौं ।

आपसकै दोषारोपणले त निकास कसरी निस्केला, पद र पहुँचको लडाई भन्दा माथि उठेको त देखिन्न ?

हामी जीवन्त राजनीति गर्ने मान्छे , संगठनका लागि रगत र पसिना बगाएका तरुणहरुले संगठनको निकास नदिने भन्ने कुरा हुँदैन । हामी कुनै पनि कोणबाट संगठनलाई कमजोर हुने खालका गतिबिधि गरेका छैनौं । हामी पार्टी भित्र बिचारका कुराहरु र सृजनशिलताका कुराहरु बिद्यार्थीहरुले उठाउँदैमा नेतृत्व झस्किनुपर्ने कुनै कारण छैन । पहिलो कुरा निर्वाचन र युवा भन्दा बित्तिकै नेतृत्वले टाउको दुखाउनुपर्ने कारण के ? हामीले बुझेका छैनौं । अर्को कुरा हामीले के भनिरहेका छौं भने मन्त्री, सांसद तपाईहरु नै हुनुस् , पार्टीका ठुला ठुला पदमा तपाइहरुनै जानुस् , पार्टीबाट प्राप्त हुने अवसरहरुमा तपाईका आफ्ना खान्दान, आफ्नो परिवार कसकसलाई के के बनाउनुपर्छ तर संगठन गर्ने जिम्मा हामीलाई दिनुस् । हामी दुई तिहाई का कम्युनिष्टहरुसँग हामीले प्रतिस्पर्धा गर्छौं भन्दा पनि युवालाई डण्डा लगाएर निकालियो । हामीलाई यो सँगको आपत्ति हो यसका लागि हामी जुनसुकै मुल्य चुकाउन पनि तयार छौं ।

 तपाईहरुलाई के का आधारमा पार्टीले बिश्वास गर्नुपर्ने ?

लाखौं बिद्यार्थीहरु अहिले अध्ययनको क्रममा बिदेसीएका छन् । ठुलो पुँजी पनि बिदेसिएको छ । यो भयाभह अवस्थाबाट रोक्नका लागि हामीले देशमै संभावनाको खोजी गर्नुपर्छ । हामीले महत्वपुर्ण बिषय मेडिसिन देखी इन्जिनियरिंग लगायतका बिद्यार्थीहरुको भविश्य यही सुरक्षित गर्नुपर्छ र श्रमको लागि बिदेसियका दाजुभाई दिदी बहिनी जो हुनु हुन्छ उहाँहरुले देश मै आर्कर्षित गर्नुपर्ने अवस्था छ । अहिले पार्टी कमजोर छ, अर्को चुनाव सम्ममा हामीले २० लाख मतदाता थप्नु छ त्यसको लागि पनि हामीले काम गर्छौं भनेका छौं । यसमा पनि उहाँहरु काम गर्न दिनुहुन्न ।

अब तदर्थ समिति बन्ने संभावना देखियो नै, अब कसरी अगाडि बढ्नुहुन्छ ?

नेतृत्वले बिगतमा गल्ती गरिसक्यो । महाधिवेशनबाटै समर्ग नेतृत्वको छनौट गर्नुपथ्र्यो । पञ्च्यातकालको अफ्ठ्यारो परिस्थितिमा पनि नेपाल बिद्यार्थी संघले बैधानिकता प्राप्त गरेको थियो । त्यो बेला नेता जेल जान्थे तिनलाई छुटाउनको लागि नेपाल बिद्यार्थी संघले आन्दोलन गथ्र्यो । बिभिन्न अफ्ठ्यारा अवस्थाहरुमा नेपाल बिद्यार्थी संघ लडेर यो परिवर्तन आएको जगजाहेरै छ । सँगसँगै अहिले अवस्थामा पनि बिद्यार्थीले आफ्नो नेतृत्व आफै छान्न पाउनुपर्छ भन्ने कुरा हो तर अब गल्ती गरिसकियो , अब थप भुल नगर्ने गरि अधिवेशनको शर्तमा हामी यो वा त्यो नगर्ने भन्ने कुरा हुन्न, निकास दिनका लागि हामी तयार छौं तर सहमति बिपरित कुनै काम गरिन्छ भने अब तदर्थ समिति पनि दुई ओटा बन्नेछन् , यसको जिम्मा पार्टी नेतृत्वले लिनुपर्छ ।