पूर्व उप प्रधानमन्त्री श्रेष्ठद्धारा  स्वास्थ्य तथा सुरक्षा सामाग्री प्रदान

प्रकाशित मिति:

चुत्र महत /भीरकोटकोविड १९ वाट संक्रमितहरु वढ्दै गएपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव नेपाल सरकारका पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठले भीरकोट नगरपालिकालाई २ पेटी सर्जिकल माक्स र २ पेटी सेनिटाईजर नेपाली कांग्रेस महाधिवेसन प्रतिनिधि द्धय गोविन्द कुमार कर्माचार्य ,नसिवदिन मिँया र नेपाली काँग्रेस भीरकोट नगर सभापति तोयनाथ अर्याल मार्फत नगर प्रमुख छायाराम खनाललाई उपल्व्ध गराउनु भएको छ ।

कोरोना भाईरस वाट वच्नको लागी प्रयोग गर्ने सुरक्षा सामाग्री वुझ्दै नगर प्रमुख खनालले कोरोना भाईरसको संक्रमणवाट वच्नको लागी अत्ति आवश्यक सुरक्षा सामाग्री भीरकोट लाई प्रदान गर्नु भएकोमा नेता श्रेष्ठलाई आभार व्यक्त गर्नुभयो । नेता श्रेष्ठ स्याङ्जाका अभिभावक भएको भन्दै प्रमुख खनालले सधैव अभिभावकको असल भुमिका निर्वाह गर्र्दै आउनुभएको वताउनु भयो । वर्तमान परिस्थीतिमा माक्स र सेनिटाईजरको अत्याधिक माग र आवश्यकता परेको भन्दै नेता श्रेष्ठले प्रदान गर्नुभएको सुरक्षा सामाग्री सहि ठाँऊमा प्रयोग गर्ने प्रमुख खनालले वताए ।