गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको मृगौलाको डायलाईसिस सेवा बन्द नहुने

प्रकाशित मिति:

बुटवल । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले असार १ गतेदेखि बन्द गर्ने भनेको मृगौलाको डायलाईसिस सेवा बन्द नहुने भएको छ । सरकारबाट प्राप्त हुनुपर्ने रकम भुक्तानी नभएको भन्दै अस्पतालले यसअघि असार १ गतेदेखि मृगौलाका विरामीहरुलाई उपलब्ध गराउंदै आएको डायलाइसिस सेवा बन्द गर्ने जनाएको थियो ।

अस्पतालले सरकाराबाट भुक्तानी हुनुपर्ने रकम प्राप्त नभए विपन्न वर्गलाई सरकारले उपलब्ध गराएको सेवा बन्द गर्ने समाचार सार्वजनिक भएपछि स्वास्थ्य सेवा विभागले दुईदिन भित्र रकम उपलब्ध गराउने आश्वासन दिएको छ । अस्पतालका अध्यक्ष एजाज आलमले स्वास्थ्य सेवा विभागले दुईदिन भित्र भुक्तानी गर्नुपर्ने रकम उपलब्ध गराउने भन्दै सेवा नरोक्न आग्रह गरेकोले सेवा नरोकि यथावत राखिने जानकारी दिनुभयो ।