प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले विभिन्न चाड पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न आज चियापान कार्यक्रम गर्दै

प्रकाशित मिति:

प्रमुख प्रतिपक्ष कांग्रेसले दसैं–तिहारलगायत पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न आज चियापान कार्यक्रम आयोजना गर्दै छ ।
कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाख जनालाई निम्तो दिइएको पार्टीले जनाएको छ । उपत्यकामा ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्ला सदरमुकाममा चियापान चल्नेछ । २०३३ सालमा कांग्रेसका संस्थापक नेता बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि पार्टीले हरेक वर्ष चियापान आयोजना गर्दै आएको छ ।

कार्यक्रममा सहभागी हुन कांग्रेसले प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, उपप्रधानमन्त्री, मन्त्री, पूर्वमन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकारी, सुरक्षा निकाय, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति–व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मीलगायतलाई आमन्त्रण गरेको छ ।

यता कांग्रेस रुपन्देहीले पनि आजै चियापन तथा शुभकामना आदन प्रदान कार्यक्रम गर्दै छ । विजया दशामी, दिपावली, छठ, नेपाल संवत लगायतका पर्वको अवशर पारेर कार्यक्रमको आयोजना गरिएको सभापती अब्दुल रज्जाकले बताउनु भयो । विहान ११ बजे हुने कार्यक्रममा सहभागि भई शुभकामना आदान प्रदान कार्यक्रममा भाग लिन पार्टि कार्यकर्ता एवं शुभेच्छुकहरुमा आग्रह गरिएको जिल्ला सचिव रामकृष्ण खांणले जानकारी दिनु भयो । पार्टि कार्यालय भैरहवामा हुने चियापन कार्यक्रमको सबै तयारी पुरा भएको छ ।