कोरोना उपचार केन्द्र व्यवस्थापन उपसमितिको बैठक सम्पन्न 

प्रकाशित मिति:

भीरकोट/कोरोना उपचार केन्द्र व्यवस्थापन उपसमितिको बैठक शनिबार सम्पन्न भएको छ । भीरकोट नगरप्रमुख छायाराम खनालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय प्रमुख उपप्रमुख, ११ पालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, कालिका अस्पताल व्यवस्थापन पदाधिकारीसहितको सहभागिता थियो ।

बैठकले कालिका अस्पताल कोरोना सक्रमितका लागी उपचार केन्द्र व्यवस्थापन उपसमितिमा सबै पालिकाका प्रमुखहरुलाई समायोजन गरिने, कालिका अस्पतालमा सक्रमितलाई खाना र थप जनशक्तिको व्यवस्थापनका लागी प्रदेशसंग अनुरोध गर्ने, बढ्दो सक्रमितको संख्याका कारण कालिका अस्पतालमा विरामी भरिसकेकाले थप संक्रमितहरुलाई पुतलीबजार, वालिङ, चापाकोट नगरपालिका, आँधीखोला, कालिगण्डकी गाउँपालिकामा गरी थप सय बेडको आईशोलेसन व्यवस्थापनका लागी प्रदेशसंग माग गर्ने निर्णय गरेको छ ।

जिल्लामा अहिलेसम्म वालिङमा सय, भीरकोटमा ४५, चापाकोटमा १२०, पुतलीबजारमा ३२, गल्याङमा नगरपालिकामा ७९, कालीगण्डकीमा सय, अर्जुनचौपारीमा १७३ गरी जिल्लाको ११ पालिकामा ८९२ जना क्वारेन्टाईनमा रहेका छन् । जिल्लामा अहिले सक्रमित ६० पुगीसकेको अवस्थामा आईशोलेसन अभाव हुने भएपछि स्थानीय तह यसको व्यवस्थापनमा लागीपरेका छन् ।

गल्याङमा ५० जना क्षमताको आईशोलेसन व्यवस्थापन भएको छ भने जिल्ला अस्पतालमा १० र कालिका अस्पतालमा ६० जना क्षमताको आईशोलेसन छ । अहिले यहाँका सक्रमित जिल्ला अस्पताल र कालिकाको आईशोलेसनमा बसेका छन् । हालसम्म जिल्लामा ८७९ जनाको स्वाब लिईएकोमा ५८२ जनाको मात्रै रिर्पोट आएको छ भने अन्यको परिक्षण रिर्पोट आउँन बाँकी रहेको छ । त्यस्तै आरडिटि परिक्षण १४४२ जनाको गरिएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।