राप्तीलाई २ सय थान भि टि यम प्रदान

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली/कोरोना भाईरस चेकजाचका लागि आवस्यक पर्ने भि टि यम आईतवार राप्ती गाउँपालिका लाई प्रदान गरिएको छ ।दाङ जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्याटेलाईट अस्पताल फ्लोरेन्स अस्पताल लमहिले २ सय थान भि टि यम राप्ती गाँउपालिका अध्यक्ष नुमानन्द सुवेदिलाई बुझाईएको हो ।

डा। पुष्प भुसाल र डा। रेगन सिंह थापाको टोलिले गाँउपालिका अध्यक्ष नुमानन्द सुवेदिलाई प्रदान गर्नुभएको सो भिटियम क्वारेन्टीनमा बस्नुभएकाहरुको कोरोना भए नभएको थाहा पाउन प्रयोग गरिने अध्यक्ष सुवेदिले बताउनु भएको छ ।

भि टि यम बुझ्दै अध्यक्ष सुवेदिले नागरिकको स्वास्थ्य सुरक्षाको र रोग पत्ता लगाउन सहयोग पुग्ने सामाग्रीका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्याटेलाईट अस्पताल फ्लोरेन्स अस्पताल लमहि लाई धन्यवाद प्रदान गर्नु भएको छ ।सो भि टि यम हाल राप्ती गाउँपालिकाको २० वटा क्वारेन्टिनमा बसीरहनु भएका ४ सय १७ जना मध्य २ सय जनाको कोराना रहे नरहेको चेक गर्न मदत पुग्ने छ