नेकपा नवलपुरद्वारा सुकुम्बासी बस्तीमा फडानी गर्नेलाई जनकारवाही गर्ने

प्रकाशित मिति:

नवलपुर/ केपी वली नेतृत्वको सरकारले प्रतिबन्ध गरेको नेपाल कम्युनिस्ट पार्टी नवलपुरले जिल्लाको देवचुली–६, मिर्तुङ्खोला गाउँमा रहेको सुकुम्बासी बस्तीमा रहेको यममाया अस्लामी मगरको मकैबारी, केराबारी र तरकारीबारीमा गुण्डागर्दी शैलीमा फँडानी गर्ने कथित एकता सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष हुमाकान्त सुवेदी लगायत जिल्ला बन कार्यालयबाट खटिएका मानव मुकुण्डोधारी जत्थालाई जनकारबाही गर्ने बताएको छ ।

जिल्ला सेक्रेटरी शीतलले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै २०४७ सालदेखि यममाया अस्लामी मगरको परिवारले भोगचलन गर्दै आएको जग्गामा फँडानी गरेर अपराधपूर्ण र अक्षम्य काम गरेको भन्दै यसको जति निन्दा र भत्सर्ना गरेपनि कमै हुने बताएको छ । विज्ञप्तीमा नेकपाले पीडितलाई तत्काल क्षतिपूर्ति सहित भोगचलनको पूर्ण अधिकार सुनिश्चित नगरे वा सुकुम्बासीलाई घरवारविहीन बनाउने षड्यन्त्र गरिए सम्बन्धित निकाय नै जनकारबाहीको भागेदार हुने बताएको छ ।