सियारी गाउँपालिकाले नि:शुल्क कुखुराको खोर निर्माण, वितरण गर्ने

१ असार २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


सियारी, ३२ जेष्ठ – रुपन्देहीको सियारी गाउँपालिकाले अति विपन्न परिवारलाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यले कुखुराको खोर निर्माण गरिदिने र कुखुरा वितरण गर्ने भएको छ ।मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत सियारी गाउँपालिका वडा नं.३को सियारी टोलका २५ घरपरिवारलाई प्रति परिवार निःशुल्क १/१ ओटा कुखुराको खोर निर्माण गरिदिने, ३०/३० ओटा लोक्कल कुखुरा वितरण गरिने र कुखुरालाई आवश्यक पर्ने दुई महिना सम्म पुग्ने निःशुल्क दाना वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

यस कार्यक्रमले गरिव परिवारलाई घरखर्चा चलाउन तथा बालबालिकाहरुको पढाईमा थप मद्दत मिल्ने गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । उहाँले भन्नु भयो– “गरिव परिवारको आर्थिक समृद्धिका लागि हामीले विभिन्न कार्यक्रम गर्दै आएका छौं ।” आर्थिक समृद्धिका लागि गाउँपालिकामा अगामी दिनमा पनि विभिन्न कार्यक्रम गरिने उहाँको भनाई छ ।अहिलेको कार्यक्रममा प्रदेश सरकारले सहयोग गरेको छ । यस कार्यका लागि प्रदेश सरकारले रु.पाँच लाख सहयोग गरेको उहाँले जानकारी दिनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया