कोरोना भाइरसबाट विश्वभर ४ लाख ३५ हजार बढीको मृत्यु

१ असार २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, असार १ : कोरोना भाइरसको संक्रमणबाट विश्वभर ४ लाख ३५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार १६६ पुगेको छ ।पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ हजार २४८ जनाको मृत्यु भएको छ । एकै दिन १ लाख २१ हजार ९७१ नयाँ संक्रमित थपिएका छन् । यो सँगै संक्रमित हुनेको संख्या ७९ लाख ८२ हजार ४९५ पुगेको छ ।संक्रमित ३४ लाख ४३ हजार ४३९ जनाको उपचार भइरहेको छ भने ४१ लाख ३ हजार ८९० जना उपचारपछि निको भएका छन् ।

अमेरिकामा २१ लाख ६३ हजार संक्रमितमध्ये १ लाख १७ हजार वढीले ज्यान गुमाईसकेका छन् भने ८ लाख ६७ हजार उपचारपछि घर फर्केका छन् ।ब्राजिलमा ८ लाख ६७ हजार वढी संक्रमितमध्ये ४३ हजार वढीले ज्यान गुमाउँदा ४ लाख भन्दा वढी निको भएका छन् ।यस्तै रसियामा ५ लाख २८ हजार संक्रमितमध्ये ६ हजार ९ सय वढीले ज्यान गुमाएका छन् । त्यहाँ २ लाख ८० हजार वढी संक्रमित निको भएका छन्।यस्तै भारतमा पनि कोरोना भाइरस संक्रमितको संख्या वढ्दो क्रममा छ । त्यहाँ ३ लाख ३३ हजार संक्रमितमध्ये ९ हजार ५ सयले ज्यान गुमाएका छन् भने १ लाख ६९ हजार निको भएका छन् ।kathmandupress

फेसबुकबाट तपाईको प्रतिक्रिया