सबै प्रकारका विभेद विरुद्धको आन्दोलनहरुमा हाम्रो ऐक्यबद्दता

अमेरीका । नेपालको रुकुम स्थित चौरजहारीमा दलित भएकै कारण नबराज बिक र उनका सथिहरुमाथि भएको सामुहिक हत्याकाण्डप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। उक्त घटनाको घोर भर्त्सना गर्दै बर्बरता पुर्बक गरिएको उक्त घटनाका दोषीहरुलाई कडा भन्दा कडा कारबाहीको जोडदार माग गर्दछौं।
यस घटनाले नेपालका दलित तथा न्यायप्रेमीहरुको आत्मसम्मान चोट पुगेको छ र दलितहरुको बाँच्न पाउने अधिकारको समेत हनन भएको छ। घटनाले नेपालमा जातीय भेदभाब जस्तो अमानबिय प्रथा कायमै रहेको मात्र नभई जकड़ीएर रहेको प्रस्ट हुन्छ। यसले नेपालको संबिधान र कानुनमा भएको जातिय छुवाछुत बिरोधि व्यवस्थाहरुको उलंघन मात्र गरेको छैन कि लोकतान्त्रिक समाजको खिल्ली समेत उडाएको छ।
घटनाको निस्पक्ष छानबिन गर्न बिशेष प्रकारको संसदिय छानबिन बनिसकेको छ। सत्य तथ्य छानबिनका लागि हामी खबरदारी गर्न चाहन्छौ। र न्यायको माग पनि गर्दछौ। सबै प्रकारका विभेद विरुद्धको आन्दोलनहरुमा हामी एक्यबद्दता ब्यक्त गर्दछौं। यसै बीच अमेरिकामा प्रहरीद्वारा घाँटी थिचेर हत्या गरिएका जर्ज फ्लोयड लगायतको न्यायको लागि भएको आम्दोलन प्रति तथा सबै प्रकारका विभेद विरुद्धको आन्दोलनहरुमा हामी एक्यबद्दता ब्यक्त गर्दछौं। यी घटनाहरुको बिरुद्द डिसीमा। राजन त्रिपाठी संयोजक ,अमेरिकाज क्षेत्र , गैर आवासीय नेपाली संघ,
अन्ताराष्ट्रिय समन्वय परिषद
फेसबुकबाट तपाईको प्रतिक्रिया