नेपाली जनसम्पर्क समिति मकाउको सातौं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

१ असार २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


मकाउ १ असार, । नेपाली जनसम्पर्क समिति मकाउको सातौं वार्षिकोत्सव सम्पन्न भएको छ । मेट्रोपोल होटेल मकाउस्थित सभाहलमा कार्यवाहक सभापति चण्डी योङयाको सभापतित्व, नेपाली सहयोगी हातहरुको निर्देशक उदय वाग्लेको प्रमुख आतिथ्यता र नेपाली जनसम्पर्क समिती मकाउका संरक्षक सुदर्शन थापा मगरको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । एनआरएनए मकाउका अध्यक्ष पूर्ण बहादुर गुरुङ, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष शिव थापा, अन्तराष्ट्रिय नेपाली समाज मकाउका संयोजक प्रजून कुमार अधिकारी, मगर संघ मकाउका उपाध्यक्ष हिरा थापा, तमु समाज मकाउका सचिव राजेश गुरुङ र तामाङ घेदुङ संघ मकाउका उपाध्यक्ष कुल बहादुर तामाङको आतिथ्यता रहेको छ ।

प्रमुख अतिथी उदय वाग्ले र समितिका कार्यवाहक सभापति चण्डी योङयाद्धारा संयुक्तरुपमा पानसमा बत्तिबाली शुभारम्भ गरिएको उक्त कार्यक्रममा ज्ञात–अज्ञात शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै १ मिनेट मौनधारण गरिएको थियो । समितिकी उपसभापति निर्मला थापा मगरको कार्यक्रम सन्चालन र समितिका सहसचिव नबराज पराजुलीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा मकाउमा रहेर विभिन्न पेशा वा व्यवसायमा व्यस्त रहँदा रहँदै पनि लोकतन्त्रको संरक्षण र विकासका लागि अनवरतरुपमा सक्रिय रहेका नेपाली दाजुभाई तथा दिदीबहीनीहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

कार्यक्रममा बिभिन्न बक्ताहरुले जनसम्पर्क समिति मकाउलाई सातौं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै जुनसुकै राजनीतिक दल वा संस्थाको भएपनि विदेशमा रहेर आपत–विपतमा परेका नेपालीहरुलाई भैपरी आउने अत्यावश्यक सहयोग,संस्था सञ्चालनदेखि राष्ट्र र राष्ट्रिय अखण्डताका बिषयमा सबै एकढिक्का हुनुको विकल्प नभएको समेत बताएका थिए । उक्त अवसरमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, प्रमुख सचेतक बालकृष्ण खाँड, नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराई, पूर्वउपप्रधान तथा परारष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइराला, नेविसंघका अध्यक्ष राजिव ढुंगाना, जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरी , आनन्द विष्ट  सभापति, नेपाली जनसम्पर्क समिति,अमेरिका  एवं आमन्त्रित केन्द्रीय सदस्य,नेपाली कांग्रेस
तरूण दल केन्द्रिय आध्यक्ष जित जङ बस्नेत लगायतले सातौं वार्षिकोत्सव सफलताको शुभकामना मन्तव्य सहित पठाएको पत्र पढेर सुनाइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • अधिकारी दम्पित्तीको ब्यबसायीक रफ्तार : सु – सक्षम सप्लायर्सको शुभारम्भ
  • जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय समितिमा मनोनयन ,दिवाकर वागचन्दको सभापतित्वमा न्यूयोर्क…
  • सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै दुईजना सवार मोटरसाइकल खोलामा खस्यो
  • पाल्पामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
  • पश्चिम नवलपरासीका बाढि डुवान क्षेत्रमा नेपाल र भारतका पदाधिकारी द्धारा…
  • कांग्रेसका नेता धितालको निधन तीनदिन सम्म रुपन्देहीमा पार्टिको झण्डा झुकाउने
  • विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
  • भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न