तनहुँमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु

१ असार २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


तनहुँ/ आँबुखैरेनी गाँउपालिका-२ ऐना पहरा भन्ने स्थान सोमबार बिहान ७-२५ बजेको समयमा पृथ्वी राजमार्गबाट करिब २५ मिटर तल सिमेन्ट बोकेको ट्रक अचानक अनियन्त्रित भइ खोल्सामा खस्न जादा ना६ प६६५ नम्बरको ट्रकका चालक बर्ष ३२ को विष्षु परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशमबहादुर रानाभाटले जानकारी दिए ।

उनका अनुसार जिल्ला सल्यान घर भएका चालक परियारको मुग्लिनबाट आँबुखैरेनी तर्फ आउँदै गर्दा अचानक ट्रक अनियन्त्रित हुन जाँदा परियारको मृत्यु भएको ट्राफिक प्रमुख रानाभाटले बताए ।सोही ट्रकका सहचालक सुर्यबहादुर बुडाथोकीको अवस्था सामान्य रहेको बताइएको छ

।यसैगरी जिल्लास्थित ब्यास-५ मानहुकोट भन्ने स्थानमा सोमबार बिहान ८ बजेको समयमा दमौलीबाट जाँदै गरेको ना।अ।प। क १३०७ नम्बरको गिट्टी बोकेको ट्याक्टर आफै अनियन्त्रित भइ सडकदेखि १५ मिटर तल खस्न जाँदा सोही ट्याक्टरमा सवार १३ जना मध्ये ५ जनाको अवस्था गम्भीर रहेको र बाँकी ६ जाना घाइते सामान्य रहेका छन् ।गम्भीर घाइते भएकाहरुलाई पोखरास्थित मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।राजधानी दैनिक बाट 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन दाङ देउखुरीमा राख्ने तयारी
  • डा बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण
  • क्लिन फिड लागू
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु
  • नेपाल स्पेन समाज कोष्टाब्लान्काद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई राहत सामग्री…
  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…