आज थप ४५१ जनामा कोरोनाको संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ६२११ पुग्यो

१ असार २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, असार १ । नेपालमा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार नेपालको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४५१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२११ पुगेको छ।हालसम्म कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशको विभिन्न अस्पतालबाट ६७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। योसहित आलसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ४१ जना पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया