कोरोनाको खोप पत्ता नलागेसम्म अमेरिका प्रवेशमा प्रतिबन्ध 

२ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं / कोरोनाको खोप पत्ता नलागेसम्म अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउनुपर्ने त्यहाँका संक्रामक रोग विशेषज्ञले सुझाव दिएका छन् ।अमेरिकाका शीर्ष स्वास्थ्य अधिकारी डा। एन्थोनी फाउसीले अमेरिका यात्राको प्रतिबन्ध कोरोनाको खोप पत्ता नलागेसम्म कायम गर्नु पर्ने सुझाव दिएका हुन् ।

टेलिग्राफ पत्रिकालाई दिएको एक अन्तर्वार्तामा फाउसीले प्रतिबन्ध कोरोना भाइरसको खोप पत्ता नलागेसम्म जारी रहन सक्ने बताएका हुन् ।यो वर्ष जाडो मौसममा कोरोना संक्रमण हुँदैन भन्ने आफूलाई विश्वास नलागेको बताएका उनले त्यतिन्जेलसम्म खोप लगाउन पाइने विश्वास व्यक्त गरेका छन् ।उनले अमेरिकामा कोरोनो भाइरसको संक्रमणको प्रकोप नरोकिएको र अझै केही समय लाग्ने भन्दै यात्राको प्रतिवन्ध हट्न अझै महिनौं लाग्ने बताएका हुन् ।

लकडाउनमा छुट दिएसँगै दोस्रोपटक कोरोना संक्रमणको दर पहिलाकै अवस्थामा फैलिन सक्ने स्वास्थ्य विज्ञहरुले बताइरहेको बीबीसीले जनाएको छ ।गत मार्चमा राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप, बेलायत, चीन र ब्राजिलबाट अमेरिका प्रवेश प्रतिबन्ध लगाएका थिए ।अमेरिकामा मंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १ लाख १८ हजारभन्दा बढीको मृत्यु भएको छ भने २१ लाख ८२ हजारभन्दा बढी संक्रमित भएका छन् ।खबरहब

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ‘टिकटक’ बनाउन रेलमार्गमा हिडिरहेका युवाको रेलको ठक्करबाट मृत्यु
  • पूर्वीय दर्शनमा मोक्ष : जीवन हुँदै पाइन्छ कि मृत्युपर्यन्त कुर्नुपर्छ…
  • साहरुखको ‘पठान’को सेटमा लफडा
  • गल्याङ जेसिजको दोस्रो पदहस्तान्तरण
  • जाडोमा किन पिउनुपर्छ पर्याप्त पानी ?
  • ‘नाचिदेउ वसन्ती’को उत्कृष्ट कभर भिडियो बनाउनेलाई एक लाख पुरस्कार
  • प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक आइतबार बस्ने
  • तिलोत्तमा  मा  जारी दोस्रो उपमेयर रनिङ शिल्ड खुल्ला महिला भलिबलमा…
  • बुटवलमा एउटै छातामुनी सम्पुर्ण सामाग्री पाइने मार्ट संचालनमा
  • तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा राष्ट्रपति बाइडेनको हस्ताक्षर