कांग्रेस नवलपरासीले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र

प्रकाशित मिति:

नवलपरासी ।
२ असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसका कारण विकराल बन्दै गएको परिस्थितिका बारेमा सरकारलाई दबाब दिन स्वदेश र विदेशबाट एक साथ प्रधानमन्त्रीलाई विशेष ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तरगत आज कांग्रेस नवलपरासीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । कार्यवाहक सभापति अर्जुन पोखरेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यलय परासी पुगेको कार्यकर्ता सहीतको टोलि सरकार विरुद्ध नाराबाजी गरेका थिए ।


नवलपरासी कांग्रेसले आज (मंगलबार) कोरोना भाइरस रोकथामका लागि सरकारको गैरजिम्मेवारीपन र भ्रष्टाचार रोकथामका लागि दबाब दिन उद्देश्यले कार्यक्रम गरीएको कंग्रेुका जिल्ला प्रवक्ता कुलदिप आचार्यले बताउनु भयो । कोरोना महामारीको सन्दर्भमा सरकारको गैरजिम्मेवारपन, अक्षमता र भ्रष्टाचार विरुद्धमा स्वदेश र विदेशबाट एकसाथ सामाजिक दूरी कायम गर्दै कोरोनाका कारण विकराल बन्दै गएको परिस्थितिबारे प्रधानमन्त्रीको गम्भिर ध्यानाकर्षण गराएको संविधान सभा सदस्य एव काग्रेस नेता विक्रम खनालले बताउनु भयो । खनालका अनुसार अहीलेको विषम परीस्थितिमा पनि सरकारले गैरजिम्मेवारी कुरा गरेको बताउनु भयो ।


पार्टीले उक्त ज्ञापन पत्र मार्फत देशमा बढदो क्रोना भाईरसको संक्रमणलाई रोकथामका लागि सरकारलाई गम्भीर बन्न, क्वारेन्टाईलाई व्यवस्थापन सहित सबैको पिसिआर परिक्षण गर्न, आईशोलेन र क्रोना अस्पतालको उचित व्यवस्थाप गरि महामारी रोकथामका लागि आवश्यक पहल गर्न ज्ञापन पत्र मार्फत सरकारको ध्यानाकर्षण गराइएको नेपाली कांग्रेसका जिल्ला कार्यबाहक सभापति अर्जुन कुमार पोख्रेलले जानकारी दिए । पार्टीका कार्यवाहक सभापति अजुर्न कुमार पोख्रेलेको नेतृत्वमा पार्टीको जिल्ला कार्यसमिति, क्षेत्र, प्रदेश नगर कार्यसमिति, सम्पुर्ण भातृत्व संघ÷संगठन र सुभेच्छुक संस्थाहरुबाट करिब २ सय जनाको उपस्थितीमा उक्त ज्ञापन पत्र बुझाइएको हो ।
पार्टी कार्यालयबाट सामाजिक दुरी कायम गरि निकालिएको सरकार विरुद्ध विरोध ¥याली विभिन्न नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको थियो । ज्ञापन पत्र बुझाउन पार्टी कार्यबाहक सभापति अर्जुन कुमार पोख्रेल, संविधान सभा सदस्य देवकरण कलवार, संविधान सभा सदस्य विक्रम खनाल, नेका जिल्ला सचिव विक्रम यादव, पार्टी प्रवक्ता कुलदिप आचार्य, जिल्ला सदस्य विश्वप्रेम पाठक, भिम बहादुर थापा, टेड्र युनियन कांग्रेसका जिल्ला सभापति ज्ञान हरी अर्याल, क्षेत्रिय सभापति मुकुल आचार्य, जिल्ला नेता उमेश यादव, रामग्राम नगरसभापति नारायण रेग्मी, सुनवल नगरसभापति सोमबहादुर रायमाझी, तरुदल जिल्ला सभापति शुक बहादुर गुरुङ्ग, महिला नेतृ आधारधना भट्ट, मधु शर्मा, लगायतको सहभागीता रहेको थियो