गण्डकी प्रदेशमा ९० वर्षका वृद्धसहित तीन जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति:

कास्की/ गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले एक विज्ञप्तिमार्फत गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।नयाँ थपिएका संक्रमित कास्कीको पोखरा महानगरपालिका पश्चिमाञ्चाल सामुदायिक अस्पताल, पोखरामा उपचार रहेका ९० वर्षका एक पुरुष,तनहुँको शुक्लागण्डकी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका १२ वर्षका बालक र ४६ का एकजना पुरुषसहित ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार तनहुँका २ जनालाई शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी। कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा ल्याउने तयारी भैरहेको छ ।यस्तै पोखरामा संक्रमण पुष्टि भएका ९० वर्षका वृद्ध पुरुषलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ‌ ।यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२६ पुगेको छभेरी अस्पताल नेपालगन्ज को प्रयोगशालामा पनि थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भेरी अस्पतालले एक विज्ञप्तिमार्फत थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । नयाँ थपेका सङ्क्रमितहरू बर्दियाका ९ जना पुरुष र बाँकेका एक जना पुरुष रहेका छन् । नयाँ थपेका सङ्क्रमितहरू १८ देखि ३६ वर्ष उमेर समूहका हुन् ।खबरहब