अर्घाखाँचीमा क्वारेन्टाइनबाट फरार ३५ जना पक्राउ

२ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


अर्घाखाँची /अर्घाखाँचीमा क्वारेन्टाइनबाट फरार भएका ब्यक्तीलाई प्रहरीले पक्राउ गरेकोे छ। जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर १ र २ ढाकावाङका तीन स्थानमा रहेका क्वारेन्टाइनबाट फरार भएका ३५ जनालाई सुचनाको आधारमा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

गत जेठ २२ गते पिसीआर परिक्षणका लागि पठाएको रिपोर्ट १४ दिन पुग्दा सम्म नआएको भन्दै उनिहरु एकाएक क्वारेन्टाइनबाट भागेका थिए । भारतबाट आएका उनीहरु बिगत २५ दिन देखी क्वरेन्टाइनमा बसेको थिए ।क्वरेन्टाइनमा बसेको पनि धेरै भैसकेको रिपोर्ट पनि समयमा नआएकोले भागेको हुन सक्ने वडा नम्बर १ का वडा अध्यक्ष भोजराज खनालले जानकारी दिए ।घटनापछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले त्यस क्षेत्रमा सुरक्षा कडा पारेको छ खबरपात्रो बाट 

फेसबुकबाट तपाईको प्रतिक्रिया