कोरोना रोकथाममा सरकारको कमजोरी औल्याउँदै कांग्रेसले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

२ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोकथाममा सरकारको कमजोरी औल्याउँदै त्यसतर्फ सचेत हुन सरकारको ध्यानाकर्षण गराएको छ। प्रमुख सचेतक बालकृष्ण खाँडको नेतृत्वमा कांग्रेस सांसदहरुले मंगलबार (आज) बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको हो।

ध्यानाकर्ष पत्रमा कोरोना नियन्त्रणका लागि पीसीआर टेष्टको दायरा बढाउनुपर्ने, क्वारेन्टाइन व्यवस्थित हुनुपर्ने, अस्पतालको व्यवस्थापनमा जुट्नुपर्ने, स्वास्थ्य सामग्री खरिद तथा विदेशबाट नागरिक उद्धारमा भएको भनिएको अनियमितता छानबिन गर्नुपर्नेलगायतका माग राखिएको छ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण, उपचार तथा रोकथाममा भएको खर्चलाई आफूले हेरिरहेको बताउनुभएको छ। यसमा कोही दोषी पाइए नेपाली सेनालाई समेत नछाड्ने ओलीको भनाइ छ। सरकारको ध्यान कहिले कोरोना महामारीमा रहेकाले दैनिक लेखा परीक्षण गर्न सम्भव नभएको भन्दै उहाँले भन्नुभयो, ‘कागज छँदैछ । छानबिन गर्दा तलमाथि देखिए सेनाले गरेको होस् वा जसले गरेका होस्, छाड्दिनँ ।’

प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो गरेसँगै कोरोनाको जोखिम बढेको समेत बताउनुभएको छ। यसका लागि अब सबै दलहरु मिलेर सचेतना बढाउनुपर्नेमा उहाँले जोड दिएको बताइएको छ। प्रधानमन्त्री ओलीले भारतबाट आएकाहरुलाई राखिएको स्थानीय तहका क्वारेन्टाइनमा कमजोरी भएको स्वीकार गर्नुभएको छ।

भेटमा कांग्रेस सांसदहरुले आरडीटी परीक्षण रोक्न र पीसीआरको दायरा बढाउन माग गरेका थिए । तर प्रधामन्त्री ओलीले आरडीटीबारे केही नबोलेको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • स्कुटर जलाएको आरोपमा स्याङजावाट एक जना पक्राउ
  • सर्वोच्चमा विचाराधिन विषयमा पूर्व प्रधानन्याधिसले बोल्नु गलत : कांग्रेस नेता…
  • कञ्चन जेसिजद्वारा कञ्चनका पत्रकार जगिलाल थापा सम्मानित
  • ६ नं वडामा खेलकुद प्रतियोगीता
  • संस्थापक अध्यक्ष अवार्ड–२०२० बाट पत्रकार गुप्ता सम्मानित
  • देश कसरी जोगाउने भन्नेमा चिन्तित छु : पुर्वराजा शाह
  • ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी
  • ७२ वर्षीया वृद्धा लक्ष्मी सुवेदीको खोजी गरिदिन परिवारको अनुरोध
  • राष्ट्रपति भण्डारीद्धारा २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना…
  • ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव ल्याउने डेमोक्र्याटहरूको तयारी