स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि घोराहीका वडा र स्वास्थ्य कार्यालय बन्द

२ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


नारायणपुर, असार २ : घोराही उपमहानगरपालिकाका विभिन्न वडामा स्वास्थ्यकर्मी संक्रमित भएपछि कार्यालय बन्द गरिएको छ। स्वास्थ्यचौकी र उनीहरु आवतजावत गर्ने वडा कार्यालयसमेत बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ।

संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मी वडा कार्यालयमा बस्ने गरेकाले घोराही ३ नं वडा कार्यालय बन्द गरिएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए। त्यस्तै वडा नं ४ मा रहेको स्वास्थ्यचौकी पनि बन्द गरिएको छ। त्यहाँ कार्यरत दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरी वडा नं २ को शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको कार्यालय पनि बन्द गरिएको छ। बुधबारदेखि संक्रमित स्वास्थ्यकर्मी तथा वडा नम्बर १७ र १८ का संंक्रमितका परिवारको कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन शुरु गरिने  उपमहानगरपालिकाका प्रमुख चौधरीले जानकारी दिए। घोराही –१७ का १७  र घोराही– १८ का दुई जना रिपोर्ट नआउँदै घर गएकाले कन्ट्याक्ट ट्रेसिङ गर्नुपरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया