नेपालीले खुवाए अमेरिकी प्रहरीलाई निःशुल्क खाना

प्रकाशित मिति:

पेन्सलभेनिया अमेरिका । नेपाली गुठी एसोसियसनले पेन्सलभेनियाका तीन वटा प्रहरी कार्यालयमा सम्पूर्ण प्रहरीहरुलाई निःशुल्क रुपमा खाना खुवाइएको छ । गुठीका संस्थापक अध्यक्ष विमल मोक्तानका अनुसार ह्वाइटमार्स, प्लेमाउथ र व्रिजपोर्ट प्रहरी कार्यालयमा रहेका सबै प्रहरीहरु र सहयागीलाई संघले निःशुल्क खाना खुवाएको हो । इन्डियन हट रेष्टुरेन्टका सञ्चालक तथा गुठीका कोषाध्यक्ष हेमन्त कोइरालाको पहलमा खाना वितरण गरिँदा गुठीका सदस्य डा।केशव भण्डारी, जय लामा लगायत अन्य स्यमसेविकाहरुले सहयोग गरेका थिए । एसोसियसनले विगत लामो समयदेखि नै लकडाउनमा परी समस्या पर्दै आएका नेपाली र अमेरिकी बासिन्दालाई पनि सहयोग गर्दै आएको छ ।

नेपालीहरुले कोरोनाको समस्यकाबीच खाना, फलफुल लगायतका सामाग्री वितरण गर्दै आएको छ । यसअघि अमन इन्डिया बिस्ट्रो, निर्भना फेसन र पर्सियन ग्रिलको प्रायोजनमा विभिन्न स्थानमा रहेका नेपाली र गैर नेपालीहरुलाई सहयोग गरेको थियो ।यता, अमेरिकामा एक आश्वेत युवालाई प्रहरीले मारेको विरोधमा पनि नेपालीहरुले प्रदर्शन गरेका छन् । सो विरोध कार्यक्रममा गुठीका पदाधिकारीहरु सहभागी थिए भने सो विरोध कार्यक्रममा गुठीकी प्रवक्ता डा। वर्षा मोक्तानले आफ्नो मन्तव्य राखेकी थिइन् । सो प्रदर्शनप्रति स्थानीयले समर्थन जनाएका छन् । यसले पनि नेपालीहरु अन्यायको विरोधमा लाग्छन् भन्ने पुष्टि गरेको छ ।