नाजबाफ सरकार!

२ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


दबिएकै सोझा निमुखालाई खोज्छ्न अझै दबाउन
दिदैन समानताकै नाममा दलितलाई मुन्टो उठाउन

बेकसुर पनि दोषी ठानिन्छ्न दोष बिना पनि
अधिकारको हत्या गरि मौन छ राज्यसत्ता पनि

प्रजातन्त्र गणतन्त्र र लोकतन्त्रकै लागि लड्यौ सधैभरी
परिवर्तनको शङ्ख बजाउने होला अब खै के गरि?

सम्झौता गरेकै छ्न सर्वहाराले आफ्नै जिन्दगीशीत
रबाफ देखाएरै पुजिपतिले खाएकै छ्न मजासित

लोकतन्त्रमै करौडौका गाडी कार्पेट सजाएकै छन दरबारमा
पिसिआर नभएरै मान्छे मरेको खबर छापिएका छन अखबारमा

त्यान्द्रोमा झुन्डिएझै छ अहिले बिश्वको परिस्थिति
हारेको जुवाडे जस्तै भएको छ हाम्रो देशको स्थिति

क्रियाकै भरमा प्रतिक्रियाका आशाबादीहरु पनि
बिर्सनेरहेछ्न राष्ट्रियतामा भएको गद्दारी पनि

धुम्मिएको छ आकाश राष्ट्रियता र नागरिकको शोकमा
देखेनन क्षुद्र तानाशाहीले सडकमै मान्छे मरेको भोकमा

सडकमै उत्रिएकाछ्न जनतासारा मतलबै गरिएन तर
सरकार किन मौन ? चाहियो अब चित्तबुझ्दो उत्तर

न्याय कानुन आफै भए मच्चाए अराजकता पनि
राबणहरुद्दारा शासन गरियो रामराज्यमाथी पनि

कहाँ गए सत्ता पाउन भनी गाएका ती माक्र्सका मन्त्र!
आजको अत्याचार दमनले घुडा टेक्न बध्य भो लोकतन्त्र

आन्दोलन गर्नुपर्दछ अब हुन्छ्न पुत्ला दहन पनि
दिदैनौ अब हामी गरिब असाहयको आँसु बहन पनि

बदलिन्छ्न छेपारो झै के नै गर्नु बिकासका कुरा
भो बिरोधाभास नगरौ असहाय छ सरकार बिचरा
(सन्दिप गिरि, कानुन अध्ययनरत बिद्यार्थी )

फेसबुकबाट तपाईको प्रतिक्रिया