भीरकोटमा सरोकारवाला संग अन्तरक्रिया गरियो

२ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


चुत्र महत / असार १,भीरकोट – आगामी आर्थिक वर्ष २०७७÷०७८ को वजेट निति तथा कार्यक्रमको अन्तीम चरणमा रहेको वेला भीरकोट नगरपालिकाको आयोजनामा भीरकोटमा रहेका सरोकारवालाहरु संग आ .व. ०७७÷०७८ को योजना तर्जुमा सम्वन्धी अन्तरक्रिया कार्यक्रम वयरघारी स्थीत तमू समाजको भवनमा सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा वोल्दै प्रमुख खनालले जति पनि सरोकारवालाहरुले दिएको सल्लाहा सुझाव र मार्गदर्शन प्रदान गर्नु भो आगामी आ.व को वजेट निति तथा कार्यक्रममा समावेश गरी हुवहु कार्यान्वयनमा ल्याउने भन्दै प्रमुख खनालले आगामी आ.व.मा व्यवसायिक कृर्षी विकास कार्यक्रम सन्चालन गर्ने,नगरपालिका भित्रका सवै वडाहरुमा स्वच्छ खानेपानि उपलब्ध गराउनुको साथै एक घर एक धारा निर्माण गर्ने,नगरपालिका अन्र्तगतका प्रमुख सडकहरुको स्तरोन्ती गर्ने,कोरोना रोकथाम र नियन्त्रण सम्वन्धी कार्यहरु गर्ने,स्थानिय स्तरमा रोजगार सृजना हुने योजना तथा कार्यक्रमहरु सन्चालन गर्ने, एक वाड एक पार्क निर्माण गर्ने र एक वाड एक जेष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण गर्ने आदी विशेष गरी ५ प्रकारको नितिमा आधारीत रहेर वजेट निति तथा कार्यक्रम ल्याउने तयारीमा रहेको वताउनु भयो । आ.व ०७६÷०७७ मा निर्माणधिन योजना पूर्ण नभएको खण्डमा यस आ.व. मा पुरा गर्ने भन्दै प्रमुख खनालले आँधिखोला तटवन्धन र

ओभर व्याङ् निकाल्ने काम भैरहेकोले विगतका दिनमा जस्तो विकारालको अवस्था अवका दिनमा नआउने भएकाले आँधिखोलाको चिन्ता नलिन र निश्चिन्त भै कृर्षी गर्न कृषकलाई आग्रह गर्नु भयो यस वर्ष आँधिखोलाले समस्या पार्ने सवै ठाँउमा तटवन्धन लगाई सम्पन्न पार्ने प्रमुख खनालले वताए । वजारमा मात्रै विकास भो भन्ने धेरै गुनासो सुन्नमा आएकाले यस वर्ष गाँउ केन्द्रीत वजेट निति तथा कार्यक्रम ल्याउन लागेको समेत प्रमुख खनालले वताए । अन्तरक्रिया कार्यक्रममा वोल्दै नगर उप प्रमुख सिमा केसी कर्माचार्यले आगामी आ.व मा आउने वजेट निति तथा कार्यक्रममा महिलाहरुलाई व्यवहारिक शिप सिकाई कृषी र उत्पादन संग जोडी आर्थिक उपार्जनमा लगाउने खालको वजेट निति तथा कार्यक्रम ल्याउने तयारीमा नपा रहेको वताईन । कोविड १९ को संक्रमण वाट वचौ स्वास्थ्य र शिक्षामा वढी वजेट छुट्याऊ अन्य विकास निर्माणको काम वाँचे पछि गरऊला भन्दै उप प्रमुख कर्माचार्यले आफुले पाउने सेवा सुविधा समेतको प्रवाह नगरी जनताको काम गरिरहेको र आगामी आवमा पनि स्वत्तहस्र्फूत रुपमा काम गर्ने वताउनु भयो । आगामी आर्थिक वर्ष ०७७÷०७८ को लागी भीरकोट नगरपालिकामा प्राप्त हुने आन्तरीक आम्दानी,संघिय सरकार तथा प्रदेश सरकारवाट प्राप्त

हुने रकम अन्य आयको प्रक्ष्यपण गरी ५७ करोड ९७ लाख ९९ हजारको वजेट भीरकोटमा भित्राउने लक्ष्य रहेको प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेलले वताए । ९ वटै वडा अध्यक्षहरु सहित अन्य सरोकारवालाहरु संग गरीएको अन्तरक्रिया कार्यक्रममा दलहरुको तर्फवाट नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भीरकोटका अध्यक्ष मिन प्रसाद कोइराला,नेपाली काँग्रेस भीरकोटका सचिव शेषकान्त अर्याल,समाजसेवीहरु गोविन्द कुमार कर्माचार्य, पिताम्वर श्रेष्ठ,भक्त वहादुर केसी, क्षेत्र वहादुर थापा, हर्क वहादुर गुरुङ्, विष्णु काफ्ले, जगन्नाथ अर्याल,प्रकाश रनपाल र युनिस मिँया, पार्वती केसी वस्नेत,विष्णु खनाल, जनक अधिकारी लगायत सरोकारवालाहरुले आगामी आ.व. ०७७÷०७८ को वजेट निति तथा कार्यक्रम सवै भीरकोटका जनताहरुलाई समेट्ने गरी ल्याउनु पर्ने भन्दै विगतका वर्षहरुमा जसरी भीरकोट नगरपालिकाले सवै वर्ग लाई समेटी ल्याएका योजना प्रभावकारी ढंगले पार्दशि रुपमा सम्पन्न भएका थिए सोही अनुरुपको कार्यक्रम ल्याउन आग्रह गरे । सरोकावालाहरुले कृषी, स्वास्थ्य,शिक्षा, पर्यटन,यातायात,खानेपानि,उद्योग र रोजगारी सम्वन्धी वजेट निति तथा कार्यक्रम लाई टोल र वाड वाट आएका योजनालाई प्रथामिकता दिन समेत आग्रह गरेका थिए । नगर प्रमुख छायाराम खनालको अध्यक्षतामा सरोकारवालाहरु संग आ .व. ०७७÷०७८ को योजना तर्जुमा सम्वन्धी सम्पन्न अन्तरक्रिया कार्यक्रमको प्रकाश एंव स्वागत प्र.प्र.अ राजेन्द्र प्रसाद पौडेल र सन्चालन योजना अधिकृत याम प्रसाद रेग्मीले गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया