भीरकोटमा ५ दिने कृष्टल वुटिकको थैली वनाउने तालिम शुरु

२ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


चुत्र महत / असार १,भीरकोट – भीरकोट नगरपालिका वडा न. ५ को आयोजनामा ५ दिन कृष्टल वुटिक थैली वनाउने तालिम भीरकोट ५ पकान अवस्थीत महिला जागरण सामुदायिक भवनमा शुरु भएको छ । ५ दिने कृष्टल वुटिक थैली वनाउने कार्यक्रमको उद्घाटन गर्दै वडा न ५ का वडा अध्यक्ष याम प्रसाद अधिकारीले वडा न ५ वाट आ.व.०७६÷०७७ मा पारित रु १ लाखको योजना अन्र्तगत चैत्र महिनामा संचालन गर्ने भनिएको कार्यक्रम लक डाउनको कारण सो समयमा हुन नसकेको र अहिले अलि खुकुलो भए संगै तालिम शुरु गरिएको वताए ।
तालिमका माध्ययमले महिलाहरुलाई आत्मनिर्भर वनाई उत्पादन संग जोडी आर्थिकउपार्जन गर्न प्रेरित गर्ने भन्दै अध्यक्ष अधिकारीले उहाँहरुले तालिम पश्चात उत्पादन गरेका सामाग्रीको वजारीकरणको व्यवस्था नगरपालिकाले गर्ने वताए ।

कृष्टल वुटिक थैलीको वजारमा अधिक माग रहेकाले सहजै वजार पाउने भएकाले पनि तालिम प्रभावकारी वन्ने अध्यक्ष अधिकारीले वताए । कार्यक्रममा सु.कृष्ण वहादुर थापाले तालिम वाट सिकेको शिपलाई व्यवहारमा उर्तान आग्रह गर्दै सिकेको सिपलाई सिकाईमा मात्र राख्ने काम विगतमा भएको वताउदै यस पटक सिकेको सिप प्रभावकारी वनाउन दत्तचित्त भएर सिक्नु पर्ने वताए । ५ दिन सम्म चल्ने कृष्टल वुटिक थैली वनाउने तालिमको कुशल व्यवसायी दुर्गा न्यौपानेले प्रशिक्षण गर्नु हुनेछ । महिला जागरण आमा समुहकी अध्यक्ष शान्ती अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अम्वीका अर्याल र स्वागत वडा सदस्य मिना खाँणले गर्नुभएको थियो । भने २४ जना महिलाहरु सक्रीय भएर तालिममा सहभागी भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया