आजको दिन

प्रकाशित मिति:

आज विक्रम संवत् २०७५ साल कार्तिक महिनाको १६ गते शुक्रबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत कार्तिक कृष्णपक्षको नवमी तिथि विहान ७.१३ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । मघा नक्षत्र राति १२.४३ बजेसम्म रहनेछन् । यसैगरी आज शुक्ल योग, वणिज करण रहेको छ । आज काठमाडौँमा सूर्योदय ६.१६ मा छ भने सूर्यास्त बेलुका ५.१७ बजे हुनेछ ।

चन्द्रमा आज सिंह राशिमा छन् । पूर्व दिशाको यात्राका साथै भगवतीको उपासना आज शुभ रहनेछ ।