परासीमा क्वारेन्टिनमा रहेका नागरिकलाई प्राथमीक मनोसामाजिक परामर्श प्रदान गरियो

२ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


नवलपरासी / रामु भुसाल – पश्चिम नवलपरासीको रामग्राम महिला जेसीजको आयोजना तथा ईन्द्रेणी सामाजिक विकास मन्च पन्चनगर (सामी) परियोजनाको सहयोगमा परासीस्थीत आदर्श मा.वि. क्वारेन्टिनमा रहेका नागरिकहरुलाई मगलबार प्राथमीक मनोसामाजिक परामर्श प्रदान गरिएको छ । बिश्वमा कोरोना भाइरसले आक्रन्त बनाइरहेको अवस्थामा नेपालमा पनि यो रोगलाई मध्यनजर गर्दै लकडाउन भई रहदा सो समयमा नेपाल बाहिरबाट आएर क्वारेन्टिनमा रहेका व्यक्तिहरुको तनाव कम गर्न प्राथमीक मनोसामाजिक परामर्श प्रदान गरिएको महिला जेसीज वर्ष २०२० की अध्यक्ष रजनी ढकालले जानकारी दिनुभयो । भारतलगाएत अन्य देशबाट नेपाल आई क्वारेन्टिनमा बस्नु पर्दा मानसिक रुपमा अशक्त तथा समस्यामा पर्ने भएकाले उक्त परामर्श दिईएको ढकालले बताउनु भयो । क्वारेन्टिनमा रहदा साथै आफ्नो परिवार संग टाढा रहनु पर्दा उनिहरुमा पर्ने मनोवैज्ञानिक असर कम गर्न मनोपरामर्शकर्ता मार्फत उक्त सेवा प्रदान गरीएको जेसीजकी महासचिव अनिता तिवारीले बताउनुभयो उक्त अवसरमा ईन्द्रेणी सामाजिक विकास मन्चकी मनोपरामर्शकर्ता सुमित्रा चौधरी र मन्चकी सुचनादाता रमा आलेले

सहजिकरण गर्नुभएको थियो । सङ्कटको बेला बाध्यतावश क्वारेन्टिनमा बस्नुपर्दा उनीहरुमा मानसिक असर पर्न नदिन मनोसामाजिक परामर्शको आवश्यकता रहने हुदा उनिहरुलाई प्राथमिक मनोसामाजिक परामर्श प्रदान गरिएको परामर्श कर्ता सुमित्रा चौधरीले बताउनुभयो । ईन्द्रेणी सामाजिक विकास मन्च पन्चनगर द्धारा सञ्चालित सामि परियोजनाले जिल्लामा बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन बिभिन्न गतिबिधि सञ्चालन गदै आएको र हाल यो माहामारीको समयमा क्वारेन्टिनमा बस्नेहरुलाई सोही स्थानमा गई मनोपरामर्श प्रदान गदै आएको परियोजनाकी सुचनादाता रमा आलेले जानकारी दिनु भयो । क्वारेन्टिनमा ३ महिला सहित १९ जना सहभागि रहेको कार्यक्रमा रामग्राम महिला जेसीजकी अध्यक्ष रजनी ढकालको अध्यक्षता रहेको थियो भने कार्यक्रम संयोजक सुनिता बस्यालको स्वागत र कार्यक्रमको सञ्चालन महासचिव अनिता तिवारीले गर्नु भएको थियो । सो अवसरमा रामग्राम जेसीज र रामग्राम महिला जेसीजका पूर्व अध्यक्षसहित पदाधिकारीको सहभागिता समेत रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया