कञ्चनका पहिलो कोरोना संक्रमितले कोरोना जितेर घर आए

२ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


२ असार,कञ्चन – रुपन्देहीको कञ्चन गाउपालिकामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भई उपचारत ५४ बर्षिय पुरुषले कोरोनालाई जितेर घर फर्किन सफल भएका छन। कञ्चन २, तरायगडका बर्ष ५४ का राधेश्याम तेली गुप्ताले कोरोना संक्रमण मुक्त भएर आज घर आएका छन ।
गुप्ता गत बैसाख २९ गते नेपाल भारत सिमानाकाबाट छिरेर साइकलमा घर आउदै गर्दा उनलाई नोवल कोरोना भाइस रोकथाम तथा न्युनिकरण स्वयम सेवक परिचालन समन्वय समितिले कञ्चन ५ मा रहेको लुमिबनी ज्ञान निकेटन मा.बि.मा राखिएको थियो । गत जेठ १३ गते आर डि टी ७ जनाको परिक्षण गरिएकोमा गुप्ताको आर डि टी पोजेटिभ रिपोर्ट आएको थियो

भने जेठ १५ गते स्वाव संकलन गरी पिसि.आर परिक्षणका लागि भैरहवा पठाइएको थियो ।गुप्ताको जेठ १९ गते पहिलो पटक कञ्चनमा कोरोना संक्रमण पुष्टि भएसंगै उनलाई बुटवल उपमहानगरपालिकाद्वारा एनफा एकेडेमीमा निर्माण गरिएको आइसोलेसन अस्पतालमा रिफर गरिएको थियो । १५ दिन सम्म नियमित रुपमा चिकित्सकको निगरानीमा उपचार गरेपछि कोरोने संक्रमण मुक्त भई घर आएका हुन ।अव कञ्चनमा कोरोना संक्रमितको भई उपचारत ६ जना रहेका छन ।पछिल्लो तथ्यांक अनुसार छिमेकी देश भारत लगायत अन्य तेश्रो मुलुकबाट नेपाल आई कञ्चनको बिभिन्न क्वारेन्टाइनहरुमा १३८ जना रहेका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया