बोम बहादुर कार्कीको ‘के होला दवाई’ले चर्चा बटुल्दै

२ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


बुटवल – वरिष्ठ लोक तथा दोहोरी गायक बमबहादुर कार्कीका दम्पतीले कोरोनाको औषधि खोज्दै निकै मार्मिक गित बजारमा पस्किएका छन्। उनीहरुले गीतमार्फत ‘के होला दवाई’ नामक गीत ल्याएका छन् । गायक कार्की र उनकी श्रीमती गायिका शिवा आलेको संयुक्त आवाजमा उक्त गीत बजारमा आएको छ । गीतमा गायक कार्कीकै शब्द रहनुका साथै उनकी श्रीमती गायिका आलेको संगीत रहेको छ । उक्त गीतको भिडियो गायक कार्कीकै युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सो भिडियोमा गायक गायीका दम्पती नै देखिएका छन् । चीनको वुहान प्रान्तबाट विश्वभर फैलिएको कोरोना अहिलेसम्म त्यसको औषधि पत्ता नलागेको अवस्थामा ‘के होला दवाई’ नामक गीत ल्याएको गायक कार्कीले जानकारी दिए । कोरोनाको प्रकोप पछिल्लो समय नेपालमा तीव्र गतिले बढिरहेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लगाएको लकडाउनका कारण सबै कलाकारहरु विगतमा जस्तो स्वदेश तथा विदेशका कार्यक्रममा जानबाट रोकिएका छन् । यस्तै समयमा भएपनि कतिपय कलाकारले भने शन्देशमूलक गीत ल्याएका छन् ।

२०३९ सालबाट गायन क्षेत्रमा प्रवेश गरेका वरिष्ठ गायक कार्कीले अहिलेसम्म ८२ वटा एल्बम बजारमा ल्याएको बताए । त्यसमध्ये ‘भेटै नहुने, खोला पारी निरमाया वारी मरुने’ गीतले सर्बपृय बजार तताएका थिए र ती आफ्नो मात्रै पहिलो नभई नेपालकै पहिलो लोकदोहोरी क्यासेट भएको उनले बताए । गायक कार्कीको गीत ‘पानको पात’ त्यो बेलादेखि नै सर्वाधीक चर्चामा रहेको छ । आफूले गाएका गीतमध्ये स्वर्गीय जननेता मदन भण्डारीको सडक दुर्घटनामा निधन भएको घटनाबारे निकालिएको ‘दास ढुंगा’ क्यासेट सबैभन्दा बढी बजारमा बिक्री भएको कार्कीले जानकारी दिए । आफ्ना ८२ वटा एल्बमभित्र लोकगीत, लोकदोहोरी, लोकभजन, देउसीभैलो, तीज गीत लगायत विभिन्न जनचेतनामूलक गीत रहेको उनको भनाइ छ । गुल्मी जिल्लाको घमिर गाउँपालिका– ७ मा जन्मिएका वरिष्ठ गायक कार्की रेडियो नेपालको विभिन्न कार्यक्रममा २९ वर्ष आवद्ध, लण्डनबाट प्रशारित बीबीसी नेपाली सेवामा समाचार प्रशारकका रुपमासमेत आवद्ध भएका थिए । साथै, सरकारी सेवा निवृत्त निजामती उपसचिवमा पनि दश वर्ष कार्यरत भएको उनले जानकारी दिए । हेर्नुहोस भिडियो :-

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • जुम्लाको तिला गाउंपालीका मा आगलागीबाट २५ घर जलेर नष्ट
  • कक्षा १२ को परिक्षाफल आउन अझ केही दिन लाग्ने
  • सुरु भयो कोरोना खोप अभियान
  • बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै
  • कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका…
  • विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना छैन : अर्थमन्त्रि पौडेल
  • अदालतको काम संविधानको रक्षा गर्ने तथा व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने…
  • पुर्वाग्रहबीना सदस्यता सिफारिस गर्न प्रेस युनियन रुपन्देहीद्धारा महासंघको ध्यानाकर्षण
  • रुपन्देहीको सियारी गाउँपालिकामा खरका छाना विस्थापित गरिने
  • धुर्कोट प्रमानन्द भण्डारी बहुमुखी क्याम्पसको १२ औँ बार्षिकोत्सव सम्पन्न