पश्चिम नवलपरासी कांग्रेसको किचलो, आर्यघाट देखी ज्ञापन पत्रसम्म

२ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


रमेश भुसाल
असार २
नवलपरासी । पश्चिम नवलपरासीमा नेपाली कांगे्रसको किचलो आर्य घाट देखी ज्ञापन पत्रसम्म पुगेको देखीन्छ । नेतृत्वको विवाद हुदै आएको पश्चिम नवलपरासी काङग्रेसले मंगलवार पनि छुट्टाछुट्टै ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाएका छन् । कोरोना महामारी विरुद्धको सरकारले गरेका काम कारवाहि प्रति असन्तुष्टि जनाउदै सरकारको ध्यानआर्कषण गराउन आज मंगलवार देशैभर बाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउने कार्यक्रम रहेकोमा जिल्लामा रहेका काग्रेसको दुई गुटले छुट्टाछुट्टै ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाएका हुन् ।  नवलपरासीमा काग्रेस केन्द्रिय सदस्य देवेन्द्र राज कण्डेल र संविधान सभा सदस्य विक्रम खनालका आआफ्ना गुट प्रस्टसंग देखिएका छन । केन्द्रिय सदस्य कण्डेल पक्षका नेताहरुले पहिले र त्यस्को केहि समयमा विक्रम खनाल पक्षधर नेताहरुले प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।


पश्चिम नवलपरासीमा काङग्रेसको विवाद सवै जसो कार्यक्रमहरुमा देखिदै आएको छ । एक पक्षले अर्को पक्षको नेतृत्व स्वीकार्न नसक्ने स्थीति सृजना भएपछि विवाद चरमउत्र्कषमा पुगेको हो । केहि दिन अघि प्रतापपुर गाँउपालीकाका अध्यक्ष राजकुमार शर्माको त्रिवेणीमा अन्त्यष्टि गर्ने क्रममा पनि दुई गुटका नेता बिच विवाद नै भएको थियो । त्यहाँ दुवै पक्षले पार्टीको तर्फ देखि दुई ओटा झण्डा ओडाएका थिए । काग्रेसका शुभेच्छुक तथा कार्यकर्ताले भने शव दाहासंस्कारको दुखद क्षणमा पनि गुटगत राजनितिका कारण विवाद गर्नु दुखद भएको बताएका छन् । काग्रेसमा प्रतिनिधिसभा सदस्य एंव पार्टी केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल समूह र संविधानसभा सदस्य विक्रम खनाल समूहको दुई गुट छ । कँडेल गुटले कार्यबहाक सभापतिको अस्तित्व स्वीकार गरेको छैन भने खनाल गुटले विधान विपरीत पार्टी सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिको पत्र दिएर पठाएको भन्दै जिल्ला सभापति स्वीकारेको छैनन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया