मृतकको परिवारलाई एक लाख राहत दिने प्रदेश सरकारको निर्णय

२ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


२ आसर, सुर्खेत –  रुकुम घटनामा मृत्यु भएकाहरुको परिवारलाई कणर्ाली प्रदेश सरकारले एक लाख रुपैयाँ राहात दिने भएको छ ।आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले घटनामा ज्यान गुमाएका जाजरकोटका ६ जनाका परिवारलाई एक लाखका दरले राहत दिइने बताए । ‘उहाँहरुको परिवारलाई राहत दिन मन्त्रिपरिषदको बैठकमा यो निर्णय गरेका छौं,

उनले भने, ‘त्यसले परिवारको पीडामा मल्हमपट्टी गर्ने हाम्रो अपेक्षा छ ।’रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा भएको घटनामा जाजरकोटका ६ जनाको मृत्यु भएको थियो । जसमा भेरी नगरपालिका जाजरकोटका नवराज विक, गणेश विक, सन्दिप विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीले ज्यान गुमाएका थिए ।onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया