भोजपुर हातेमालो सेवा समाज युएइद्वारा राहत बितरण

२ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


टिकाराम बस्नेत / युएइ अलऐन – बैदेशिक रोजगारीको सिलसिलामा युएइमा कोबिट १९ को प्रभाब र रोजगारी गुमेका र भिसिट भिषामा युएइमा अलपत्र रहेका भोजपुर बाशीलाई भोजपुर हातेमालो सेवा समाज युएईले आपतकालीन अनलाईन मिटिङ्ग बसि पिडित भोजपुर बाशीको डाटा सङकलन गर्ने युएईको सबै क्षेत्रीय समितिलाई आवान गरे सँगै झन्डै ३३ जान भोजपुर बासी अहिले यो परिस्थिमा रोजगार गुमेर र कम्पनिले बेतलबी छुटिमा राखेको अबस्थामा पाएको सस्थाका बरिष्ट उपअध्छय छिरिङ्ग शेर्पाले जानकारी दिनु भयो। पिडित हरु युएइ को बिभिन्न सहरमा रहेको पाएको छ आबुधाबी मा १६ जान अलऐन मा १२जान र दुबै मा ५ जान रहेको सस्थाका केन्द्रिय अध्यक्ष भिम थापाले जानकारी दिनु भयो।

साथै राहत बितरण मा अलऐन क्षेत्रमा क्षेत्रीय अध्यक्ष हेम भन्डारि केन्दिय सल्लाहाकार प्रेम शेर्पा क्षेत्रीय सचिब टिकाराम बस्नेत सहितको टिमले जुन १२ तारिक नै पिडितको डेरामै राहत पराएको अध्यक्ष थापाले जानकारी दिनु भयो। आबुधाबी क्षेत्रमा केन्द्रिय महसचिब रामकुमार तिरुवा र कोषाध्यक्ष अस्मी तामाङ्गको टिमले जुन १३ तारिक राहत बितरण गरेको छ।साथै १३ तारिकका दिनै दुबैइ क्षेत्रमा केन्द्रिय अध्यक्ष थापाले बितरण गर्नु भएको थियो । सस्थामा आवद्ध भएर यो परिस्थिमा साथ सहयोग गर्नै सबै भोजपुर बासी दाजुभाई तथा दिदीबहिनीहरु प्रति सस्थाको तर्फबाट अध्यक्ष थापाले सबै सहयोगि लाई धन्यवाद दिनु भयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया