सरिता गिरीलाई नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले दशगजा क्षेत्रबाट फर्कायो

२ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


सीमाबन्दीकै बीच भारत जान लागेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले दशगजा क्षेत्रबाट फर्काइदिएका छन् ।उनी सिराहाको ठाडी नाकाबाट मंगलबार भारतको बिहारतर्फ जान लागेकी थिइन् । संसदमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि संविधान संशोधनको दिन बैठक बहिस्कार गरेर हिँडेकी सांसद गिरी गृहजिल्ला सिराहामा पुगेकी थिइन् ।सांसद गिरी कार्यकर्ता भेट्न भन्दै सीमा क्षेत्रमा पुगेको र त्यतैबाट पारि नगई फर्किएको जानकारी आफूले पाएको जिल्ला प्रहरी कार्यालय

सिरहाका प्रवक्ता विनोद घिमिरले बताए ।सिमानामा खटिएका सशस्त्र प्रहरीका एक अधिकृत अनुसार उनलाई दशगजा नजिकबाट फिर्ता पठाइएको हो। ती अधिकृतले भने, अहिले बोर्डर बन्द छ, यस्तो बेलामा माननीयज्यू भारततर्फ जानुहुँदैन भनेर हामीले सम्झायौं, उतातिर भारतको सीमा सुरक्षा बल एसएसबीले पनि प्रवेश दिन मिल्दैन भन्यो । उहाँ फर्किनुभयो ।’सांसद गिरीको माइती बिहार हो भने घर सिरहाको बस्तिपुरमा पर्छ ।Source:- Onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया