धेरै माया गर्नाले बच्चामा नराम्रो बानी बस्ने गर्दछ : चाणक्यका नीति

२ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


आचार्य चाणक्य एक महान ज्ञानीका साथै एक राम्रा नितीकार थिए । चाणक्यद्धारा बताइएका निती कुनै पनि व्यक्तिको जीवनको सफल बनाउ मदत गर्दछ । उनले आफ्नो नितीकै कारण एक बालकलाई अखण्ड भारतको सम्राट बनाएका थिए । चाणक्य निती धेरै छोटो रहेको छ । जुन व्यक्तिले यो नीतिको जीवनमा लागु गर्दछ उसले ठूला ठूला समस्याको सजिलै हल गर्न सक्दछ । चाणक्य नीति यस प्रकार रहेका छन् । . तपाईका अगाडि मीठा मीठा कुरा गर्दछ तर पछाडि तपाईलाई कसरी नस्ट गर्न सकिन्छ भनी योजना बनाउने गर्दछ । यस्ता मानिस वीस समान हुन् तपाई यस्तो मानिससँग सजक रहनुहोस ।.झुठ बोल्न, कठोरता, छल गर्न बेवकुफी गर्न, लालच, अपवित्रता तथा निर्दयता भएका मानिस हुन जसमा कुनै गुण हुँदैन ।. जुन व्यक्तिले धर्तीमा स्वर्ग प्राप्त गरेको छ । जसका छोरा आज्ञाकारी छ, जसको श्रीमती उसको श्रीमानको इच्छा अनुरुप व्यवहार गर्छे जुन आफ्नो भएको धनमा सन्तोषी छ ।४. मनमा सोचेको कुनै पनि काम कसैँलाई नभन्नुहोस् ।

किनकि मनमा सोचेको कुरालाई मनमा राखी त्यलाई पूरा गरेर देखाउनुहोस् ।५. खराब तथा असल साथीलाई कहिल्यै विश्वास नगर्नुहोस । यदि यस्ता व्यक्ति तपाईसँग दुखि भएको बेला तपाईको सबै भित्री कुरा बाहिर ल्याउने गर्दछन् ।६. बुद्धिमानी पिताले आफ्नो छोरालाई गुणकारी कुरा सिकाउनुपर्छ किनकि संसारमा बुद्धिमान र नैतिकवान मान्छेको नै पुजा हुने गर्दछ ।७. नदीका किनारमा रहेका सानो विरुवा अरुको घरमा जाने तथा बस्ने महिला एवंम विना मन्त्रीका राजा यी अवस्य नै छिटो नस्ट हुने गर्दछन् ।८. जुन माता वा पिताले आफ्नो सन्तानको शिक्षा दिदैनन् ती बच्चाका शत्रु समान हुन् । किनकि विद्याहीन बालक विद्धवानको सभामा तिरस्कृत हुने गर्दछ । जस्तै हाँसको बथानमा बकुला ।९. धेरै माया गर्नाले बच्चामा नराम्रो बानी बस्न गर्दछ । उनीहरुलाई कडा शिक्षा दिनाले राम्रो बानीको विकास हुँदै जान्छ त्यसैले बच्चालाई पढाउन आवश्यक सजाय पनि दिनुपर्छ । धेरै लाड प्यार नगरौँ ।१०. पत्नी योग्य नहुनु आफू पनि अरुसँग बेइज्जत हुनु बचेको इज्जत कर्जा राख्नु, नराम्रो मानिसको सेवा गर्नु,गरीब र दरिद्रको सभा समान हुने गर्दछ । यी ६ कुराले शरीरलाई आगो विना नै जलाउँदै जान्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया