राष्ट्रीय मदरसा संघ नेपालद्वारा गरीब छात्र छात्राहरुलाई शैक्षिक सामाग्री बितरण

प्रकाशित मिति:

इमरान खान
कपिलवस्तु १६ कार्तिक । कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नं। ३ स्थित रहेको मदरसा जामिया सिराजुल वलुम झण्डानगरको सभाकक्षमा राष्ट्रीय मदरसा संघ नेपालले केही एन। जी। ओहरुको सहयोगमा भव्य कार्यक्रमको अयोजना गरेको छ । यस कार्यक्रमका बिशिष्ट अतिथीमा कपिलवस्तु क्षेत्र नं।३ को नेपाली काग्रेसका सांसद अभिषेक प्रताप शाह, प्रमुख अतिथीमा कृष्णनगर नगरपालिका उपप्रमुख शबनम खातुन तथा अतिथिहरुमा उपप्रमुख सल्लाहकार तुफेल अहमद, ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रहरी निरीक्षक सूर्य बहादूर बोगटी, बि।नि।रामकरन पाल, मदरसा जामिया सिराजुवलुम झण्डानगरका अध्यक्ष समीम अहमद नदवी, राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा अब्दुल गनी अलकुफी, राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय महासचिव मौलाना मसहूद खां नेपाली लगायतका शिक्षक र बिद्यार्थीहरुको उपस्थित थियो । सो कार्यक्रममा राष्ट्रीय मदरसा संघ नेपालले सयौ मुस्लिम र अन्य बहुसंख्यक धर्मका गरीब छात्र छात्राहरुलाई विद्यालय पोषाक एक थान, जुत्ता, बैग, लन्चबाक्स, लगायत इत्यादी सामाग्रीहरु सांसद र उप प्रमुख, ईप्रका निरीक्षकको हातबाट वितरण गरीएको थियो । कार्यक्रममा सांसद अभिषेक प्रताप शाहले आफ्नो मन्तब्य राखी यस्ता किसिमको कार्यक्रम गरिएकोमा खुशी प्रकट गर्दै राष्ट्रीय मदरसा संघ नेपाल परिवार र जामिया सिराजुलवलुमका अध्यक्षलाई धन्यबाद समेत दिएका थिए । त्यस्तैगरी मनतब्यकै क्रममा तुफेल अहमदले एनजिओ र राष्ट्रीय मदरसा संघ नेपाललाई धन्यबाद दिदै भने – शिक्षा क्षेत्रमा सदैव यस्तै किसिमको सहयोग गरी गरीब परिवारका बच्चाहरुलाई शिक्षा दिन र अगाडि बढाउनका साथै म आफ्नो तर्फबाट सकेसम्म शिक्षा क्षेत्रमा धेरै धेरै लगानी गर्ने पहल पनि गर्ने छु । सो कार्यक्रका मूख्य अतिथिहरुलाई मौलाना मसहूद खां नेपाली, डा।अब्दुलगनी अलकुफी, समीम अहमद नदबी, मौलाना खुर्शीद अहमद शेख र बिद्यार्थीहरुले स्वागत अभिबादन गर्दै आफ्नो अमूल्य समय दिएर कार्यक्रम सफल तुल्याएकोमा सबैलाई धन्यबाद दिएका थिए ।