बाँकेमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

प्रकाशित मिति:

बाँके / नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।बाँकेको बैजनाथ गाउँपालिका ६ कि ४६ वर्षकी महिलाको मृत्यु भएको बाँकेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश क्षेष्ठले जानकारी दिए ।

यो सँगै कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २० पुगेको छ । यसअघि जेठ ४ गते बाँकेको नरैनापुर गाउँपालिका ५ का २५ वर्ष पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो ।ती महिलाको गत सोमबार उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको मृत्यु भएको थियो । मृतक निमोनियाको रोगी भएको बताइएको छ ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा, स्याङ्जा, चितवन, अर्घाखाँची, विरगञ्ज र पर्सामा एक एक जनाको मृत्यु भएको छ ।यता स्वास्थ्य मन्त्रालयले भने ती महिलाको मृत्युको आधिकारीक पुष्टि गर्न बाँकी छ ।इमेज खबर बाट