समर्थन मात्र खोज्ने आलोचना सहन गर्न नसक्ने सरकार

प्रकाशित मिति:

प्रजापाल गिरी । नेपालको बहुदलीय शासन व्यवस्थाकै इतिहासमा धेरै बलियो र स्पष्ट बहुमत झन्डै दुई तिहाई का साथ वर्तमान सरकार सत्तासिन छ । विगतमा सरकार बन्ने र छोटोे समयमै सरकार परिवर्तन हुने नेपाली राजनितीको एउटा प्रवृतीनै भएको थियोे । यो नियतिबाट आजित नेपाली जनताले संविधान सभाबाट निर्मित संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा व्यवस्था भए अनुसार गरिएको पहिलो आम(निर्वाचनमा समृद्धि र विकासको सपना सहित हालको ने क पा लाई स्पष्ट बहुमत सहित सत्ता सन्चालनको बागडोर सुम्पे । ने।क।पा। को तर्फबाट सरकारको नेतृत्व गर्ने जिम्मा स्वयं अध्यक्ष कमरेड के।पी। ओलिले पाए । राष्ट्रवादी छवि बनाएका ओलि सत्ता सवार भए । सुखी नेपाली समृद्ध नेपालको नारा घन्काइयो । देशका ७ प्रदेश मध्ये ६ वटा प्रदेश सभामा ने।क।पा।कै अत्याधिक बहुमत सहितका सरकार त्यो पनि कमरेड ओलि ईतरकै मुख्यमन्त्री र ७५३ पालिका मध्ये पनि नगण्य मात्रामा मात्रै अन्य दलका अन्यथा प्रचण्ड बहुमत सहित तिनवटै तहका सरकार केन्द्र, प्रदेश र स्थानीय तह सबैमा ने।क।पा। कै सरकार निर्माण भयो । जनताले चाहे जस्तो स्थिर सरकार निर्माण भयो । सरकारले अंक गणितीय रूपमा स्थायित्व त प्राप्त गर्‍यो तर जनताले देखेको समृद्धि र विकासको सपनामाथि कुठाराघात भयो । बहुमत प्राप्त स्थिर सरकारको निर्माण त भयो तर जनताको जन- जिविका, विकास, समृद्धि, स्वतन्त्रता, मानव अधिकार, लोकतन्त्र धरापमा पर्‍यो ।

सरकार बहुमतको दम्भमा स्वेच्छाचारीता र अधिनायकवादको यात्रामा अग्रसर भयो । फलतः संस्थागत भ्रष्टाचार, राज्यकै संरक्षणमा गम्भीर प्रकारका अपराध, आफ्नो प्रसस्ती गाउनेलाई पुरस्कार, आलोचना गर्नेलाई दण्डको भागिदार, जनता प्रति गैर जिम्मेवार र पदिय मर्यादाको चरम दुरुपयोग गर्नमै व्यस्त र मस्त रह्यो । यसैविच ठुला ठुला भ्रष्टाचार र गम्भीर प्रकारका अपराध वाइड बडी काण्ड, वालुवाटार जग्गा प्रकरण,ओम्नीव्यापारीक समुहसंगको सम्झौता र सहकार्य, स्वास्थ्य सामाग्री खरिद घोटाला, निर्मला पन्त बलात्कार र हत्या प्रकरण, रुकुमको नवराज वि।क। दलित भए बापत सामाजिक अपराध सहित सामुहिक हत्या लगायत लाई राज्य संयन्त्रकै मिलोमतोमा संरक्षण र प्रोत्साहन गर्ने काम भयो । सरकारका यि र यस्तै खाले अलोकतान्त्रिक, गैर संवैधानिक र गैर जिम्मेवारपूर्ण क्रियाकलापका कारण आफैंले अभूतपूर्व मत दिएर सत्ता सवार गराएको सरकार जनता र राज्यप्रतिको अनुत्तरदायी व्यवहार बाट आजित भै नागरिक सरकारको आलोचनामा खरोरूपमा उत्रिएका छन् । पत्रपत्रीका लेख, रचना, समाचार, सामाजिक संजाल चौतर्फी सरकारको आलोचना भएको छ ।

लोकतन्त्रमा अन्तिम सत्य जनतानै हुन् , जनताको साथ र समर्थनबाट मात्र लोकतन्त्र बलियो र स्थाई हुनसक्छ । रचनात्मक आलोचना लोकतान्त्रिक सरकारको प्राण हो । तर अहिलेको हाम्रो अभ्यास ठिक उल्टो भइरहेको छ। सरकारको काम गर्ने शैलीबाट जनता आक्रोशित भएका छन् । यतिबेला विश्व मानव समुदाय कोरोनाको बिनाशवाट छट्पटाईरहेको छ । यस संक्रमणलाई नियन्त्रणमा लिन हरेक देशले आफ्ना नागरिकको साथ, समर्थन, सहयोग र सुझावलाई मुख्यरूपमा आफ्ना निति तथा कार्यक्रम वनाएर अघि बढेका छन् जस्ले गर्दा कोरोनावाट उच्च जोखिम र प्रभावमा रहेका देशहरू विस्तारै नियन्त्रण गर्न सफल भएका छन् । तर हाम्रो सरकार र सरकारी नीति तथा कार्यक्रम र व्यवहार जनतालाई उक्साउने र चिड्याउने दिशातर्फ उन्मुख छन् ।

सरकार आफैले घोषणा गरेको लकडाउनकै बिच कहिले व्यवसायीलाई हुकुमी शैलीमा कर बुझाउन आदेश जारी गर्छ त कहिले स्वास्थ्य सामाग्री र स्वास्थ्य परिक्षणको उचित प्रबन्ध गर्ने ठाउँमा वेसार खाने सल्लाह दिन्छ । विदेशमा रहेका नेपाली नागरिक जो घर आउन चाहेका छन् उनिहरुलाई सुरक्षीतरूपमा घर सम्म ल्याउने प्रबन्ध मिलाउनुको साटो हिंडेर देश आउने र उडेर देश आउने नागरिकविच विभेद गर्छ । व्यवस्थित क्वारेन्टाइन र आइसोलेसन वार्डको निर्माण गर्नुको साटो राष्ट्रपति कार्यालयको गलैंचा फेर्नमा लगानी गर्छ । कोरोना नियन्त्रणमा संसारले सफल प्रयोग गरिरहेको गुणस्तरीय पिसिआर विधिबाट स्वास्थ्य परिक्षणको दायरा बढाउन माग गर्ने लाई दुश्मनका नजरले हेर्छ । सरकारी खर्चलाई पारदर्शी बनाउदै स्वास्थ्योपचारमा लगानी बढाउन गरिने आग्रहलाई सरकार बिरोधि देख्छ । सचेत नागरिक जसले सरकारलाई जनताप्रति उत्तरदायी बन्न, आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्दै जन- जिविकाका र कृतिम चर्को मूल्यवृद्धिका सवालमा सम्वेदनशिल बन्न र भ्रष्टाचारप्रति शुन्य सहनशीलताको निति अक्षरशस् व्यवहारमा उतार्न आग्रह गर्दै विभिन्न माध्यम मार्फत खबरदारी गर्दा समेत सरकार जवाफदेही नदेखिएपछि लकडाउनका वावजुद र संक्रमण हुनसक्ने भय त्रासका बिचमा युवाहरू सडकमै उत्रन बाध्य पारिए । लाचार सरकारको अकर्मण्यताका कारण सरकारलाई जनताप्रति जवाफदेही बनाउन दवाव सृजना गर्ने उद्देश्यले सडकमा उत्रिएका यूवाहरूलाई प्रायोजित भिडको संज्ञा दिएर सरकारले यूवा र सरकारबिच द्वन्द्व निम्त्याउन उद्धत भएको छ।

म नै लोकतन्त्र हो, मैले जे गर्छु र जे भन्छु त्यो नै अन्तिम सत्य हो त्यसलाई सबैले स्वीकार गर्नुपर्छ र समर्थन गर्नुपर्छ भन्ने प्रधानमन्त्री कमरेड ओलिको मनोरोग अहिलेको संकट र चुनौती भएको छ । प्रधानमन्त्रीको सम्बोधन पछि विवेकहिन र समवेदनाशून्य बनेर बहुमतको नाममा संसदमा बज्ने ताली अर्को संकट बनेको छ । सरकारका गैर-लोकतान्त्रिक, गैर जिम्मेवार र अकर्मण्यता समेतलाई सुनको जलप लगाउन तछाडमछाड गर्ने भिडको पनि कमि छैन । सबैले विवेकशील भएर एकपटक अवस्य सोचौं । मानवीय, सामाजिक, आर्थिक रूपमा चुनौती बनेको कोरोनाका कारण विश्व आतंकित छ । यो आतंकको प्रभाव हाम्रो देशमा पनि अनियंत्रित बन्दै गइरहेको छ । यस्तो विकराल महामारीको समयमा सरकार आफ्ना नागरिकको अभिभावक मात्रै होइन साथी बन्न सक्नुपर्थ्यो तर त्यो हुन सकेन । यो निस्चय पनि द्वन्द्वको समय होईन, संक्रमणलाई राजनितिकरण गरेर आ(आफ्नो रोटी सेक्ने समय पनि होईन तर मानव समुदाय माथी आइलागेको विपत्तिमा सचेत नागरिकको हैसियतले सावधानी अपनाउदै जिम्मेवार भएर रचनात्मक आलोचना मार्फत सरकारलाई खबरदारी गरौं, सचेत गरौं र जनताप्रति जवाफदेही बनाउन दवाव सृजना गरौं ।लेखक नेपाली कांग्रेसका युवा नेता हुन्