नेपाली जनसम्पर्क समिति फ्रान्सद्वारा ज्ञापन पत्र

प्रकाशित मिति:

फ्रान्स, २ असार २०७७ । नेपाली जनसम्पर्क समिति फ्रान्सले आज ज्ञापन पत्र बुझाएको छ । नेपाली जनसम्पर्क समिति फ्रान्सका सभापति सुधिर रानाको सभापतित्वमा फ्रान्स नियोग प्रमुख खड्ग प्रसाद दाहाल समक्ष ज्ञापन पत्र बुझाउनु भएको थियो ।बिश्व महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरसको कारण आजको जटिल परिस्थितिमा नेपालमा पहिलो संक्रमण भेटिएको करिब ५ महिना र लकडाउन भएको करिब ३ महिना पुग्न लाग्दासम्म परिक्षण सुस्त गतिमा हुनु, पर्याप्त स्वास्थ्य सामाग्री नहुनु, क्वारेनटाइन नाम मात्रको हुनु,

क्वारेनटाइनमा नागरिकको मृत्यु हुनु, दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै जानु, मृत्यु पश्चात मात्र रिपोर्ट पोजेटिभ रिपोर्ट आउनु लगायतका बिषयमा सरकारको काम सन्तोषजनक नरहेको र बिशेषगरि भारत र खाडी देशहरुमा अलपत्र परेका नेपालीहरुको उद्धारमा सरकारको लापरबाहीले नेपालीहरुलाई परेको समस्यालाई समाधान गर्न सरकारलाई आह्वान सहित सम्माननीय प्रधानमन्त्री समक्ष पुग्ने गरी ज्ञापन पत्र पेश गरिएको थियो ।नेपाली कांग्रेस केन्द्रिय कार्यालयले विदेश स्थित जनसम्पर्क समितिलाई दिएको निर्देशनात्मक परिपत्र अनुरुप जनसम्पर्क समिति फ्रान्सका महामन्त्री कमल बिक्रम के सी ले ज्ञापनपत्र पढेर सुनाउनु भएको थियो ।