मंगलबार अर्घाखाचीमा आत्महत्या गर्ने व्यक्तिमा कोरोना ‘पोजेटिभ’देखियो

प्रकाशित मिति:

अर्घाखाँची/अर्घाखाँचीको शितगंगाको क्वारेन्टाइनमा झुण्डिएर आत्महत्या गरेका पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा शितगंगा नगरपालिका-५, गल्दाका ४५ वर्षीय पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको अर्घाखाँची अस्पतालका प्रमुख डा। कपिल गौतमले बताए ।

आरडिटी परीक्षणमा पोजेटिभ देखिएका उनले गएराती क्वारेन्टाइन नजिकको रुखमा झुण्डिएर आत्महत्या गरेका थिए ।ग्लोबल आवाजबाट साभार