कञ्चनमा फेरी अर्को दुर्घटना,पैदलयात्री सहित ४ जना सख्त घाइते

३ असार २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


कञ्चन/रुपन्देहीको कञ्चनमा श्रृंखलाबद्ध सवारी दुर्घटना हुदै आएको छ। यस अघि दुई पटक सवारी दुर्घटना भएको हप्ता दिन नबित्दै आज राती करिब ८ बजेर २० मिनेटको समयमा तेश्रो सवारी दुर्घटना भएको छ ।कञ्चन गाउपालिका वार्ड नं। स्थित शिवालय चौकमा फायरलाइनबाट हरैया तर्फ जादै गरेको लु ३७ प ४७८० नं।को मोटरसाइलले सोही स्थानमा पैदल यात्रा गरिरहेका दुई जनालाई ठक्कर दिंदा दुर्घटनामा परी दुई पैदलयात्री र मोटरसाइकलमा सवार दुई जना सख्त घाइते भएको इलाका प्रहरी कार्यलय,रुद्रपुरका प्रहरी निरीक्षक इन्द्रप्रसाद चौधरीले जानकारी दिनु भएको छ ।

प्रहरी निरीक्षक चौधरीका अनुसार उक्त सवारी दुर्घटनामा परी पैदलयात्री कञ्चन ४ थकालीचौक बस्ने बर्ष ११ का आनन्द श्रेष्ठ,सोही स्थानमै बस्ने बर्ष १२ का सितल थापा, कञ्चन ३ हरैयाका मोटर साइकल चालक बर्ष ३५ का बिपिन बि।क। र सोही स्थानका बर्ष ४३ का इन्द्रप्रसाद शर्मा सख्त घाइते भएको निजहरुको उपचारको लागि बुटवल स्थित मर्सिडिटी अस्पताल पठाइएको छ ।घाइतेहरुको हात खुट्टा र शरिरका अन्य भागमा समेत गम्भिर चोट लागेको इलाका प्रहरी कार्यलय रुद्रपुरले जनाएको छ । यसअघि असार १ गते राती करिब ८ बजेकै समयमा कञ्चन ५ गरगरेमा टिप्परले मोटर साइकललाई ठक्कर दिई दुर्घटना भएको थियो भने जेठ ३० गते कञ्चन ४ थकालीचौकमा स्कुटरले साइकललाई ठक्कर दिई दुर्घटना भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया