गृह मन्त्रालयको एसएमएस प्रणाली ह्याक

४ असार २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं/ गृह मन्त्रालयको एसएमएस प्रणाली नै ह्याक भएपछि अनुसन्धान सुरू गरिएको छ ।बुधवार दिउँसो २ बजेको समयमा एसएमएस प्रणाली ह्याक भएर गलत सूचना सम्प्रेषण भएपछि त्यसबारे अनुसन्धान थालिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।

‘२०७७ साल असार ३ गते दिउँसो करिब २ बजेको समयमा यस मन्त्रालयको एसएमएस प्रणालीमा अनाधिकृति रूपमा पहुँच पुर्‍याई ह्याक गरी गलत सूचना एसएमएसमार्फत प्रसारित गरेको पाइएकाले यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।मन्त्रालयले गलत र भ्रामक एसएमएस मन्त्रालयबाट सम्प्रेषण नगरिएको जनाएको छ ।खबरहब बाट 

फेसबुकबाट तपाईको प्रतिक्रिया