कालीगण्डकी पुल र लौजाको पहिरो निमार्ण कार्य सम्पन्न स्थानीयमा खुसीयाली, आवतजावतमा सहजता

प्रकाशित मिति:

अमृत पाण्डेय \ स्याङ्गजा र गुल्मी जोड्ने  कालीगण्डकी रुद्रवेणीपुल र मिर्मी  विर्घा  रुद्रवेणी सडक खण्ड अन्तर्गत कालीगण्डकी गाउँपालीका वडा नं २ लसर्घा लौजाको पहिरोको निर्माण कार्य सम्पन्न भएपछि स्थानीय मा उत्साह वढेको छ भने यातायता नियमीत रुपमा सन्चालनमा आएको छ । स्थानीय व्यवावसायी यानबिर सिंह राना पहिरो सम्पन्न भएसँगै ढुवानीका लागि निकै सहजता भएको बताउँछन् । पहिरो नखुल्दा र पुल निमार्ण सम्पन्न नहुँदा कोटाकोट लसर्घा अन्धाकार जस्तै भएको थियो अर्का व्यावसायी चिरन्जिवी पाण्डेय भन्छन् निमार्ण कार्य सम्पन्न भएपछि गाउँ नै उज्यालो भएको छ । पुर्व गाविस अध्यक्ष तथा वडा नं २ का वर्तमान अध्यक्ष नरवहादुर राना मिर्मी रुद्रवेणी सडक खण्डको लसर्घा कोटाकोट रुद्रवेणीको वाटो २०५९ सालमा साविक १ वडा देखि ५ सम्मका स्थानीयको श्रमदानमा निमार्ण कार्य शुरु भएर २०६१ सालमा नै निमार्ण सम्पन्न भएपछि सवारी साधन आवत जावत गर्न शुरु भएको भए पनि सडक सुचारु भएको ८ वर्ष पछि ठुलो पहिरो जाँदा निमार्ण हुन समय लागेको बताउँछन् । सरकारले निमार्णका लागि एक पटक टेन्डर गरेको भए पनि पहिरो खोल्न नसकिएपछि सरकारले फेरी नेपाली सेनालाई पहिरो खोल्ने जिम्मा दिईएको थियो । नेपाली सेनाले समय सिमा भित्रै ९ करोड ७२ लाखको लागतमा उक्त सडकको निमार्ण कार्य सम्पन्न गरेको हो । ६६\६७ को सरकारको वजेट वक्तव्य वार्षिक निती तथा कार्यक्रममा रातोकीतावको योजनामा समावेश भएपछी वजेट विनीयोजन भई मिर्मी विद्र्या रुद्रवेणी सडक खण्ड निमार्ण सम्पन्न हुने प्रकृयाको शुरुवात भएको थियो । २०६७ ६८ मा क्षेत्रीय सडकमा स्तर उन्नती भएपछी यो वाटोका लागी निरन्तर वजेट निकाशा हुदै आएको छ । र्मिर्मी विर्घा रुद्रवेणी सडकको विर्घा भुस्टुन देखि रुद्रवेणी सम्मको सडकखण्ड लौजा पहीरोका कारण करीव ७ वर्ष देखि सडक स्तर उन्नती का साथै यातायता सन्चालनमा समेत अवरुद भयो । यदपी मिर्मी विर्घा रानीघाट सडकको मिर्मी विर्घा भुसटुन सम्मको सडक खण्ड स्तर उन्नती हुदै पक्कीहुने क्रममा रहेकाले मिर्मी विर्घा रुद्रवेणी सडकको ८ कीमी सडक खण्ड स्तर उन्नती भई कालोपत्रे हुने चरणमा रहेको छ यसले करीव अव आधा सडक खण्ड विर्घा रुद्रवेणी पनी छिटै व्यवस्थी हुने संकेत गरेको छ । त्यस्तै रानीघाटको पुल पनी सम्पन्न हुने प्रकृयामा रहेको छ पुल सम्पन्न भएपछी पाल्पावाट रानीघाट वैघा विर्घा लसर्घा कोटाकोट पुग्न करीव आधा घण्टाको वाटो छोटीने निश्तीच छ । त्यस्तै रुद्रवेणीको ७८ मीटर लामो पुल निमार्ण शुरु भएको ८ वर्षमा करिव ६ करोडको लागतमा सम्पन्न भएको छ । भुकम्पका कारण पुल सम्पन्न हुनै लाग्दा २०७२ वैशाक को अन्तीममा भुकम्प गए पछी पुल भत्कीएको थियो । भत्किएपछि निमार्ण सम्पन्न हुन समय लागेको निमार्ण कम्पनीले वताएको छ । लौजाको पहीरो र कालीगण्डकीको पुल निमार्ण सम्पन्न भएपछी यातायता आवाज जावत सहज हुदा ढुवानीमा सहज भएको छ भने यात्रा गर्ने यात्रुहरुलाई सजीलो भएको छ । मिर्मी रुद्रवेणी सडक खण्ड छीटै कालोपत्र हुन सकेमा त्यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने स्थानीय को भनाई छ ।
सबल नेपाल साप्ताहीकले लौजाको पहिरोको विषयमा निरन्तर फलोअप गरीरहेको थियो ।
स्याङ्जावाट फर्केपछी